You are here
Home > राजनीति > शैक्षिक माफिया र भ्रष्ट दलाललाई भक्तपुर वाईसियलले अनुगमन गर्ने

शैक्षिक माफिया र भ्रष्ट दलाललाई भक्तपुर वाईसियलले अनुगमन गर्ने

१७ चैत्र २०७४, शनिबार १८:०४

साजन बि क / भक्तपुर

वाईसियल नेपाल भक्तपुरले सरकारी कार्यालय र प्रशासनकाे नियमित अनुगमन गर्ने भएकाे छ ।

केहि साता अघिमात्र केन्द्रिय अध्यक्ष रामप्रसाद सापकाेटा  महासचिब सुबाेधराज सेर्पाली    सहितकाे पदाधिकारी टाेलीले गृहमन्त्री राम बहादुर थापा लाई भेटि देशमा ब्याप्त सान्ति सुरक्षा , भ्रष्टचार र सुशासन बारे कुरा राखे पस्चात थापाले मिलेर भ्रष्टचार उन्मुलन गर्न    सहयाेग गर्ने      बचान दिए संगै   तत्कालै   भक्तपुर वाईसियल     एक्सनमा उत्रीएकाे हाे ।

शिक्षा क्षेत्रकाे केन्द्रमा मानिने भक्तपुरमा रहेका शैक्षिक  क्षेत्रमा ब्यापक भ्रष्टचार , हरेका काममा ढिला सुस्ति हुने भएकाले वाईसियलले चासाेका साथ ति ढिला सुत्तिगर्ने माथि तत्काल कारवाही गर्ने वाईसियलले जनाएकाे छ ।

त्यसैगरी भक्तपुरमा  रहेका शैक्षिक माफियाहरुकाे समेत निगरानी राख्न वाईसियल भक्तपरले स्वयमसेबक खटाएर ति माफियाहरुलाई तह तगाउने जिल्ला अध्यक्ष दिनेश थपलिया ( अाक्राेश ) ले जानकारी दिनुभएकाे छ ।

तिन नं प्रदेस काे स्वयमसेवक कार्यालय पनि भक्तपुरमा नै भएकाले उक्त निर्णयमा अाफ्नाे सहमति रहेकाे र भक्तपुर वाईसियललाई सघाउन कुनै कुसुर बांकि नराख्ने तिन नं प्रदेस स्वयम सेवक बिभाग प्रमुखले नेपाल न्युजसंग थप कुरा राख्नुभयाे ।

 

त्यसैगरी सडक दुर्घटनालाई न्युनिकरण गर्न समेत ट्राफिक संग समन्वयन गर्ने र वाईसियलले ट्राफिक ब्यबस्थापन समेतमा साथदिने वाईसियल नेपाल भक्तपुरका ईन्चार्ज नारायन सुन्दर त्वयनाले नेपाल न्युजलाई जानकारी दिनुभएकाे छ ।

नेवार समुदायकाे प्रमुख चाड मानिने बिष्केट जात्रामा हुने गरेका बिभिन्न बिकृति र बिसंगति लाई समेत ध्यान दिएर स्वयम सेवक खटाउने बारे पनि अाफुहरुले साेच बनाएकाे ईन्चार्ज त्वयनाले जानकारी दिनुभयाे । नया बर्ष तथा बिस्केट जात्राकाे अबसर मा रक्तदान कार्यक्रम राखेकाे समेत जानकारी दिनुभयाे ।

 

माअाेबादी केन्द्र भक्तपुरका संयाेजक डिपी ढकाल प्रमुख अतिथि रहेकाे उक्त कार्यक्रममा भक्तपुर वाईसियल नेपालका अध्यक्ष दिनेश थपलिया (अाक्राेश ) अध्यक्षतामा सम्पन्न उक्तकार्यक्रममा वाईसियलले निर्णयहरु गरेकाे हाे ।