You are here
Home > मनोरञ्जन > भारत भ्रमणकाे तयारीमा रहेका प्रम अाेलीकाे प्राथमिकतामा महानायक हमाल ।

भारत भ्रमणकाे तयारीमा रहेका प्रम अाेलीकाे प्राथमिकतामा महानायक हमाल ।

१९ चैत्र २०७४, सोमबार २०:४३

मदन कुमार गाैतम  , काठमाण्डाै

नेपालमा जाे काेहि पनि प्रधानमन्त्री भएपस्चात कुटनैतिक  सम्बन्ध सुधारका लागी भारतमा  पहिलाे भ्रमण गर्ने प्रचलन खास नयाँ हाेईन     प्रमले अाफ्नाे जम्बाे टिम लिएर जाने कुरा नयाँ र नाैलाे भने पक्कै हाेईन  तर ,भारत भ्रमणमा   जाने टाेलीमा नयाँ र नाैलाे कुरा हुदैछ , नेपाली प्रतिनिधि मण्डलमा मन्त्री, सांसद, सरकारी सरकारी कर्मचारीका अलावा केही कलाकारहरु पनि रहनेछन् ।

 

ती कलाकारहरु मध्ये एक जना चिरपरिचित अनुहार पनि छन् । ती हुन् अभिनेता राजेश हमाल । स्रोतका अनुसार नयाँ दिल्लीमा रहँदा प्रमको बलिउडका प्रतिष्ठित कलाकारहरुसँग भेटघाट र अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको छ । सोही कार्यक्रमलाई मध्येनजर गर्दै अभिनेता हमाल र अन्य कलाकारलाई पनि भ्रमण टोलीमा समावेश गरिएको हुनसक्ने स्रोतले बतायो ।

 

प्रधानमन्त्री कार्यालयका स्रोतका अनुसार प्रम ओलीले  भारतिय कलाकार पनि भेट गर्ने भनिए पस्चात   भेट गर्ने भारतीय कलाकारहरुको अन्तिम टुंगो भने आज साँझसम्म लाग्नेछ ।