You are here
Home > समाचार > प्रधानसेनापति क्षेत्री कंगो र सुडानका लागि प्रस्थान

प्रधानसेनापति क्षेत्री कंगो र सुडानका लागि प्रस्थान

१९ चैत्र २०७४, सोमबार २२:२१

मदन कुमार गाैतम 

चैत १९,शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिक तैनाथ प्रजातान्त्रिक गणतन्त्र कंगोस्थित मोनुस्को मिसनमा तैनाथ नेपाली कन्टिन्जेन्ट र दक्षिण सुडानस्थित अनमिस मिसनमा तैनाथ नेपाली कन्टिन्जेन्टको निरीक्षण भ्रमणका लागि प्रधानसेनापति राजेन्द्र क्षत्री कंगोतर्फ प्रस्थान गरेका छन्।

 

निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति क्षत्रीले नेपाली कन्टिन्जेन्टको स्थलगत वस्तुस्थिति, अपरेसन, बन्दोवस्तीलगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुका साथै सकल दर्जालाई सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ।

 

भ्रमणका क्रममा उनले कंगोस्थित मोनुस्को मिसनका एक्टिङ फोर्स कमाण्डर मेजर जनरल बर्नार्ड कमिन्स, इतुरी ब्रिग्रेडका ब्रिग्रेड कमाण्डर ब्रिग्रेडियर जनरल इहतेसामुस समाद चौधरी, केन्द्रीय सेक्टरका कमाण्डर ब्रिग्रेडियर जनरल विवेक त्यागी, एक्टिङ हेड अफ अफिस सलामी आदम तथा अन्य उच्च पदाधिकारीहरू र नेपाली सिभिलियन कर्मचारीहरूसँग भेट गर्नेछन्।

 

यसरी नै क्षत्रीले दक्षिण सुडानस्थित अनमिस मिसनमा दक्षिण सुडानका सेना प्रमुख जनरल जेम्स एजोङ्गा माउत उनगेक एजोङ्गा, संयुक्त राष्ट्रसंघको महासचिवका विशेष प्रतिनिधि डेभिड सिअरर, फोर्स कमाण्डर लेफ्टिनेन्ट जनरल फ्रांक मुस्यो कामान्जी, वेस्टर्न लेक स्टेट रुमबेकका गर्भनर मेजर जनरल मातुर चुट धुओलसँग भेटघाट तथा अन्तक्र्रिया गर्ने कार्यक्रम रहेको विज्ञप्तिमार्फत् जानकारी दिइएको छ।क्षत्रीको भ्रमण अवधिभर बलाधिकृत रथी पूर्णचन्द्र थापाले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नेछन्। प्रधानसेनापति महारथी क्षत्री २०७४ चैत २६ गते स्वदेश फिर्ता हुने बताइएको छ।