You are here
Home > Front News > पुर्व गृह मन्त्री शर्मा बिध्यालयमा राहत बितरण गर्दै !

पुर्व गृह मन्त्री शर्मा बिध्यालयमा राहत बितरण गर्दै !

३ बैशाख २०७५, सोमबार १५:१७

मदन कुमार गाैतम ,  रुकुम पश्चिम,

पुर्ब गृह मन्त्री जनार्दन शर्माले पस्चिम रुकुमकाे चौरजहारी नगरपालिका काे आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागी पोशाक  तथा ,राहत  देखी वितरण कार्य काे थलनी गर्नुभएकाे छ ।

आधारभुत विध्यालय स्यालखोलामा आयोजना गरीएको उक्त औपचारिक कार्यक्रमका विच माओवादी केन्द्रका प्रभाबसाली नेता शर्मा  र नगर प्रमुख विशाल शर्माले पोशाक वितरण कार्य सुरु गर्नुभयो ।

उक्त कार्यक्रमकाे  अवसरमा  कोरियन नागरिक  डा.पार्क ,र योनले विद्यालयलाई   व्यवस्थापनको    लागी ५   हजार अमेरिकी डलर हस्तान्तरण  समेत गरेका थिए ।

साेहि कार्यक्रमकाे अबसरमा बाेल्दै ति सहयाेग टाेलीले आगामी दिनमा सहयोग गर्ने प्रतिवद्धता समेत  जनाएका थिए  ।

साथै उक्त कार्यक्रमकै अबसरमा नगर प्रमुख बिशाल शर्माले नगरपालिकामा रहेका आफ्ना क्षेत्र भित्रका आधारभुत शिक्षा लिरहेका ४ हजार बालबालिकालाई निशुल्क पोसाक बाड्ने नेपाल न्युजलाई जानकारी दिनुभयाे ।