You are here
Home > राजनीति > चुनाबी प्रतिबद्दता पुरा गर्दै जनार्दन शर्मा ‘प्रभाकर’

चुनाबी प्रतिबद्दता पुरा गर्दै जनार्दन शर्मा ‘प्रभाकर’

३ बैशाख २०७५, सोमबार १७:४७

मदन कुमार गाैतम ,रुकुम पश्चिम, चौरजहारी

पूर्वगृहमन्त्री तथा माओवादी केन्द्रका प्रभाबशालि नेता जनार्दन शर्मा प्रभाकरले शिक्षा समृद्ध नेपालको मुलआधार भएको बताएका छन् । रुकुम पश्चिमको चौरजहारीमा आइतबार विद्यार्थीहरुको पोशाक वितरण कार्यक्रमलाई सम्वोधन गर्दै शर्माले यस्तो बताएका हुन् ।

वामपन्थीको सरकारले शिक्षालाई पहिलो प्राथामितामा राखेको भन्दै विद्यार्थीहरुलाई शिक्षकले गुणस्तरिय शिक्षा प्रदान गर्नुपर्ने बताए । उनले विद्यालयमा अध्यापनरत शिक्षकहरुको क्षमतालाई वृद्धि र विकास गर्नको लागि विभिन्न समयमा स्थानीय सरकारले तालिमको समेत व्यवस्था गर्ने बताए ।

माओवादीले चुनावी घोषणा पत्रमा भनेअनुसार जिल्लाका सवै आधारभुत तहमा पोशाक वितरण गरीने बताए । शिक्षा पछि स्वास्थ्य ,भौतिक संरचना निर्माण सडक लगायत जनताका आधारभूत आवाश्यकता परिपुर्ति गरीने कुरा समेत उनले दोहोर्याए ।

५ वर्षभित्र भेरीनदिलाई वाँध निर्माण गरी सल्यानको सल्लीवजार देखि जाजरकोटको पिपे सम्म जलासय वनाएर पर्यटक भित्राउने लक्ष्य रहेको समेत उनले जानकारी दिए । सोही अवसरमा कोरियन नागरिक डाक्टर पार्क र योनले समेत विद्यालयलाई ५ हजार अमेरिकी डलर हस्तान्तरण गरेका थिए ।

विद्यालयको क्षैक्षिक व्यवस्थापनको लागी उनीहरुले उक्त रकम विद्यालयका प्रधानाध्यापक कालि वहादुर नेपालीलाई हस्तान्तरण गरेका हुन् ।