You are here
Home > राजनीति > चौरजहारी नगरपालिकाका मेयर चढेको गाडी दुर्घटना, मेयरको अवस्था गम्भीर

चौरजहारी नगरपालिकाका मेयर चढेको गाडी दुर्घटना, मेयरको अवस्था गम्भीर

४ बैशाख २०७५, मंगलवार ११:२२

मदन कुमार गाैतम

४ बैसाख रुकुम – पश्चिम रुकुमको चौरजाहारी नगरपालिकाका मेयर विशाल शर्मा चढेको गाडी दुर्घटना भएको छ । मंगलबार भएको दुर्घटनामा परि मेयर शर्मा गम्भीर घाइते भएका छन् ।

पश्चिम रुकुमको मेलैनाउलीबाट खोला गाउँको विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पोसाक वितरण गर्न जाँदै गर्दा गाडी दुर्घटना भएको हो ।

गाडिमा सवार सबै घाइते भएको बुझिएको छ भने मियर शर्माको कुमको जोर्नि भाचिएको छ भने टाउकोमा गम्भिर चोट लागेको त्यहा पुगेका चौरजहारि उध्योग बानिज्य सघका अध्यक्ष तेज बिस्ट घटनाबारे टेलिफोन मार्फत जानकारी गराएका छन ।  बिसाल शर्मालाई अहिले चौरजहारि सामुदायिक अस्पतालमा उपचार गरिदै छ भने उनका शुभचिन्तक अहिले सयौका मात्रामा अस्पताल वरपर जम्मा भएका छन ।

गाडीकाे अचानक ब्रेक फेल भएपछी दुर्घटना भएकाे बुझ्न अाएकाे छ । बिष्तृत बिवरण भने अाउन बाँकी छ ।

  • 251
    Shares