You are here
Home > राजनीति > गणतन्त्रका नायक प्रचण्डको नेतृत्वमा समाजवादी क्रान्ति सम्भव: महासचिव सेर्पाली

गणतन्त्रका नायक प्रचण्डको नेतृत्वमा समाजवादी क्रान्ति सम्भव: महासचिव सेर्पाली

६ बैशाख २०७५, बिहीबार ०७:२८

काठमाण्डौ, नेकपा (माओवादी केन्द्र) को सहायक संगठन वाइसीएल प्रथमको ८ नम्बर प्रदेश अन्तर्गत गैरभौगोलिक १ नम्बर काठमाण्डु सम्पर्क जिल्लाको प्रथम सम्मेलन भब्यताको साथ सम्पन्न भएको छ ।

 

सम्मेलनको बन्दशत्रमा प्रतिनिधिहरुलाइ प्रशिक्षण दिने क्रममा कार्यक्रमका विशेष अतिथि तथा संगठनका केन्द्रीय महासचिव सुवोधराज सेर्पाली बिदेश पलायन भैरहेको “देशको उर्जावान युवा शक्तिलाई स्वदेशमै रोजगारीको बाताबरण सिर्जना गर्न आफ्नो संगठनले कम्युनिस्ट सरकरको नीति कार्यक्रम मार्फत सबै युवाहरुलाई आत्मनिर्भर बनाउने खालको कार्यक्रम ल्याउन सरकारसँग आग्रह गर्ने बताए ।” सेर्पालीले भने बर्ष कम्तिमा २०% युवालाई बिदेश जान रोक्ने हो भने कम्तीमा ५ बर्षभित्र अहिलेको प्लायन्ता ०% मा झार्न सकिने सेर्पालीले ठोकुवा गरे ।

 

यदी कम्युनिस्ट सरकार सफल बन्ने र आम नागरिकहरुको हितमा काम गर्ने हो भने सबै नागरिकका लागि सहज बैंकिङ ऋण उपलब्ध गराउने हो भने सबै स्वरोजगारमुखी उत्पादनको काममा लाग्ने र यसले सरकारलाई नै सपोर्ट गर्ने उनको भनाइ छ ।

 

 

वाइसीएलका सबै सदस्यहरु आत्मनिर्भरताको सामुहिक योजनामा लाग्न जरुरी रहेको कुरा उल्लेख गर्दै अब देशमा युवा क्षमताको भरपुर प्रयोग हुनुपर्ने आबस्यकताबोध पनि उनले गरे । सेर्पालीले नेकपा एमालेसंगको पार्टी एकता जनयुद्ध र गणतन्त्रका नायक कमरेड प्रचण्डको नेतृत्वमा मात्र संभावना रहेको प्रष्ट गर्दै भने प्रचण्ड यो युगको सर्बोच्च नेतृत्व हो समाजवाद उहाँको नेतृत्व र पहलमा मात्र संभब छ त्यसकारण अब बन्ने कम्युनिस्ट केन्द्रको निर्बिकल्प नेता उहाँको बिकल्प अरु हुन नसके कथन सेर्पालीले गरे ।

 

कार्यक्रममा केन्द्रीय सचीव तथा एक नम्बर प्रदेश वाइसीएल इन्चार्ज पुर्ण भुजेल चिन्तनले निर्वाचित पदाधिकारीलाई बधाई तथा सफल्ताको शुभकामना दिएका थिए । सगठनका केन्द्रीय कोषाध्यक्ष मिङमा डण्डु शेर्पाले पुरानो कमिटी बिगठन र नयाँ कमिटीको प्यानल प्रस्ताव प्रस्तुत र सर्वसम्मत पारित गराएका थिए ।

 

नेकपा (माओवादी केन्द्र) को हेडक्वार्टर सदस्य प्रभाबशाली नेता मणि थापाको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनले ११ सदस्यीय पदाधिकारी सहित ३१ सदस्यीय जिल्ला समिती निर्वाचित गरेको छ ।

निर्वाचित समितिको अध्यक्षमा मुक्ती लिम्बू निर्बिरोध निर्वाचित भएका छन भने उपाध्यक्षमा सुवास खड्का, राजेश लिम्बू, प्रकाश सुनुवार , सचीव आदेश राइ, सहसचिव अनिल थलङ, जयन्द्र गुरुङ, कोषाध्यक्ष प्रभा राई निर्बिरोध निर्वाचित भएका छन । भने सम्मेलनले अनुशासन आयोगको प्रमुखमा जम्बा शेर्पा लाई निर्वाचित गरेको छ ।

 

कार्यक्रममा प्रतिनिधिसभा सांसद हेमकुमार राइ , पार्टी पोलिटब्युरो सदस्य मुकेश मुक्साहाङ लिम्बू बिशिस्ट उपस्थिति रहेको थियो भने वाइसीएलका महासचिव सुवोधराज सेर्पाली सचीव पुर्ण भुजेल कोषाध्यक्ष मिङमा डण्डु शेर्पा नेकपा (माओवादी केन्द्र) राष्ट्रिय महाधिवेशन आयोजक कमिटी सदस्य आङदावा शेर्पा वाइसीएल केन्द्रिय सचिवालय सदस्य एबिराज राई, केन्द्रिय सदस्यहरु हेमचन्द्र राई र सीता नेपालीको उपस्थिति रहेको ८ नम्बर प्रदेश अन्तर्गत १ प्रदेश सम्पर्क जिल्लाका इन्चार्ज हेमचन्द्र राइले जानकारी दिएका छन ।