You are here
Home > समाचार > प्रहरी श्रीमती सघंकी नवनियुक्त अध्यक्ष प्रमिला खनालद्वारा कार्यभार

प्रहरी श्रीमती सघंकी नवनियुक्त अध्यक्ष प्रमिला खनालद्वारा कार्यभार

७ बैशाख २०७५, शुक्रबार १६:००

बैशाख ६, नेपाल प्रहरी श्रीमती सघंकी नवनियुक्त अध्यक्ष प्रमिला खनाललाई बिहीबार आयोजित एक कार्यक्रमबीच सोही सघंका पदाधिकारीहरुले संघको कार्यालय भृकुटीमण्डपमा हार्दिक स्वागत गर्नुभएको छ ।

 

सो अवसरमा अध्यक्ष खनालले नाफारहित र सेवामुलक संस्थाको रुपमा कार्य गर्दै आएको संघले विगतदेखि अंगीकार गर्दै आएका कार्यहरु समाजमुखी रहेको बताउनुभयो ।

समाजसेवाको पवित्र उद्धेश्य राखी स्थापित संघले संचालन गर्दै आएका गतिविधिलाई अझै प्रभावकारी रुपमा अगाडि बढाउँदै निरन्तरता दिने र आवश्यक सुधार समेत गर्दै लैजाने उल्लेख गर्दै उहाँले यस कार्यमा सबैको साथ र सहयोग रहने विश्वास व्यक्त गर्नुभयो।

सोही संघकी उपाध्यक्ष नमीता पोख्रेलले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा संघकी प्रशासन सचिव निलु न्यौपानेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।