You are here
Home > राजनीति > कामचोर कर्मचारीअब डिजीटल प्रविधिमा,पश्चिम रुकुमका प्राय सबै सरकारी कार्यालयमा इलेक्ट्रोनिक हाजिरी सुरु

कामचोर कर्मचारीअब डिजीटल प्रविधिमा,पश्चिम रुकुमका प्राय सबै सरकारी कार्यालयमा इलेक्ट्रोनिक हाजिरी सुरु

११ बैशाख २०७५, मंगलवार ११:१७
ज्ञानु गौतम, बैशाख ११,रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा ईलेक्ट्रोनिक हाजिरी जोडने काम सम्पन्न भएको छ । विभिन्न वहानामा कार्यालयमा ढिला गरी पुग्ने कर्मचारीहरुका लागी उक्त हाजिरी सेवाले समयमा पुग्ने वानीको विकास गर्ने अनुमान गरीएको छ भने सेवा ग्राहीहरु लाई कर्मचारीहरुको पर्खाईमा वस्नुपर्ने वाध्यता समेत हटेको नगरप्रमुख बिशाल शर्माले बताउनु भयो ।
प्रविधिको विकास संगै नगरले ईलेकट्रोनिक हाँजिरी सुरु गरेको हो । ईलेकट्रोनिक हाँजिरी सेवा सुरु भए संगै कर्मचारीहरु निर्धारीत समयमा कार्यालय आईपुग्ने भएपछि सेवा ग्राहीलाई समेत सहज भएको छ । गत फाल्गुन ६ गते देखि  नगरपालिकावाट सुरु गरीएको हाजिरी सेवा हाल चौरजहारी नगरपालीको कार्यालय तथा चौरजहारी नगरपालिकाको सबै वडामा जडान सम्पन्न भएको प्राबिधिक मालिका कम्पुटर टेड्लिङ्गका पोप्राइटर मिलन चन्दले जानकारी दिनुभयो । यस्तै नगर भित्रका माध्यामिक बिध्यालयहरुमा जडान कार्य तिव्ररुपमा अगाडी वढेको नगरप्रमुख शर्माले बताउनु भयो । काम काजमा सहज र प्रभावकारी गर्नको लागी प्रत्येक वडा कार्यालयमा ईन्टरनेट जडान कार्य पनि सकिएको छ ।