You are here
Home > बिचार/अन्तरबार्ता > के हाे मार्क्सवाद, लेनिनवाद र माओवाद ? माक्सवाद गुणात्मक विकासको तेस्रो र नयाँ चरण माओवाद हो ।–हस्तबहादुर केसी

के हाे मार्क्सवाद, लेनिनवाद र माओवाद ? माक्सवाद गुणात्मक विकासको तेस्रो र नयाँ चरण माओवाद हो ।–हस्तबहादुर केसी

११ बैशाख २०७५, मंगलवार १२:०४

“माक्सबाद ज्ञानका अनेक शाखाहरूबाट बनेको छ, माक्सवादी  दर्शन, माक्सवादी  अर्थशास्त्र र माक्सवादी समाजवाद अर्थात वर्ग संघर्षको सिद्धान्त, तर जग चाहिँ माक्सवादी दर्शन हो । यदि त्यसलाई मनन् गरिदैन भने हाम्रो एउटा साझा भाषा वा कुनै साझा तरिका हुनेछैन; हामी चीजहरूलाई स्पष्ट नगरिकन यताउताको कुरा उठाई तर्क मात्र गरिरहेका हुनेछौं । द्वन्द्वात्मक भौतिकवादलाई मनन् गरी सकेपछि, थुप्रै दुःख कष्टबाट जोगिने छ र धेरै गल्तीहरू हट्ने छन् ।”

(माओत्सेतुङ, चुनिएका रचनाहरू अंग्रेजी संस्करण भाग ५, पृष्ठ १६० ।)

 

माक्सवाद–लेनिनवाद–माओवाद विश्वसर्वहारा वर्गको युक्तिको पथप्रदर्शक सिद्धान्त हो । मालेमावाद संसार बदल्ने बैचारिक हतियार हो । आज मालेमावादलाई आफ्नो जीवनपद्धतिका रूपमा ग्रहण नगरिकन कोही पनि सच्चा क्रान्तिकारी कम्युनिष्ट बन्न सक्दैन ।

माक्र्सवाद गतिशील सिद्धान्त हो । माक्र्सवाद विज्ञान भएका नाताले यो समय र परिस्थितिको गतिसँगैै सिर्जनात्मक रूपमा विकसित हुँदै आएको छ ।

आज माक्सवाद एकलो छैन । आज माक्सवादको गुणात्मक विकासको दोस्रो चरण लेनिनवाद हो भने माक्सवादको गुणात्मक विकासको तेस्रो र नयाँ चरण माओवाद हो र यो निरन्तर सिर्जनात्मक रूपमा विकासको गतिमा छ ।

मालेमावादको रक्षा, प्रयोग र विकासको प्रश्न ज्यादै महत्वपूर्ण सवाल हो । यस विषयमा तल अलग्गै चर्चा गरिने छ । कार्ल माक्र्स (मे ५ सन् १८१८ – मार्च १४ सन् १८८३) र फ्रेडरिक एंगेल्स (नोभेम्बर २८ सन् १८२० – अगस्त ६ सन् १८९५) माक्र्सवादका प्रवर्तक हुनुहुन्छ । उहाँहरूले सन् १८४८ फेब्रुअरीमा विश्वविख्यात कम्युनिष्ट घोषणापत्र जारी गर्नु भयो । यो नै विश्वसर्वहारा वर्गको मुक्तिको सिद्धान्त बन्न पुग्यो ।

लेखक केसी ।

माक्सवाद एक वैज्ञानिक सिद्धान्त हो । माक्सवाद सर्वहारा श्रमजीवी वर्गको मुक्तिको सिद्धान्त र उसको विश्वदृष्टिकोण हो । माक्सवादले जीवन र जगत माक्सवादले जीवन र जगतलाई द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादीढंगले हेर्ने, बुझ्ने, व्याख्या गर्ने र संसारको परिवर्तनको निम्ति बाटो देखाउने काम गर्ने भएकाले यो सर्वहारा श्रमजीवी वर्गको मुक्तिको सिद्धान्त बन्न पुगेको हो । माक्र्सवादी जीवन र जगतको अध्ययन गर्ने एक वैज्ञानिक पद्धति पनि हो । यसले प्रकृति, जीवन, समाज र चिन्तनका चालक वा आम नियमहरूको अध्ययन गराउने र संसारलाई जस्तो छ त्यस्तै यथार्थरूपमा बुझ्ने, बुझाउने एवं संसारलाई परिवर्तन गर्ने तरीकाहरूको बोध गराउने काम गर्दछ ।

माक्सवादी दर्शन द्वन्द्वात्मक भौतिकवादी दर्शन हो । माक्सवाद द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी विश्व दृष्टिकोणमा आधारित छ । माक्सवादी दर्शनका दुई भाग छन्– द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवाद । माक्र्सवादी दर्शनको विकास मानव चिन्तनको उज्ज्वल तथा प्रगतिशील परम्परालाई आत्मसात गरेर भएको हो । यस विषयमा भि.आई. लेनिनले भन्नुभएको छ– “माक्सवादको जन्म विश्व सभ्यताको अनजान गल्तीबाट भएको होइन । माक्र्सवादी दर्शन अतीतकालमा सर्वाधिक प्रगतिशील मतहरू, सिद्धान्तहरू र विचारधाराहरूको प्रत्यक्ष सिलसिला हो ।”
(लेनिन, संकलित रचनाहरू, भाग १९, पृ. २५)

वर्गीय समाजमा प्रत्येक दर्शन वर्गदर्शन रहने कुरा माक्र्सवादी दर्शनको सम्बन्धमा पनि लागु हुन्छ । माक्र्सवादी दर्शन पनि एउटा वर्गदर्शन हो तर यो अन्य दर्शनहरूझैं अल्पसंख्यकहरूको, शोषणहरूको दर्शन नभएर बहुसंख्यक सर्वहाराहरूको दर्शन हो । यसलाई स्टालिनले माक्र्सवादी लेनिनवादी पार्टीको विश्वदृष्टिकोणको रूपमा परिभाषित गर्नुभएको छ । माक्र्सवादी दर्शनको उत्पत्ति ऐतिहासिक आवश्यकताबाट भएको हो ।

याे पनि हेर्नुस्- के हो माओवाद ? माओवाद पदावलीको प्रयोग यसरी

गरेको थियो ‘रिम’ले पहिलोपटक (ऐतिहासिक दस्तावेज)

विश्व राजनीतिक रंगमञ्चमा एक स्वाधिन शक्तिको रूपमा देखापरेपछि सर्वहारावर्गको लागि एक साँच्चिकै वैज्ञानिक दर्शनको खाँचो पर्न गयो, त्यो एक प्रकारको ऐतिहासिक आवश्यकता थियो । जसको परिपूर्ति माक्र्सवादी दर्शन अर्थात् द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादी दर्शनले ग¥यो । अतः एक पूरै वैज्ञानिक दर्शनको रूपमा माक्र्सवादी दर्शनले पुरानो पूँजीवादी विश्वको विनाश र नयाँ साम्यवादी विश्वको सिर्जनाको लागि अर्थात् विश्वको आमूल रूपान्तरणको लागि जब्बर सैद्धान्तिक जग प्रदान गरेको छ । अर्थात् विश्वको क्रान्तिकारी रूपान्तरण गर्ने ऐतिहासिक जिम्मेवारी बहन गरेको सर्वहारावर्गको प्रयासलाई माक्र्सवादी दर्शनले सैद्धान्तिक, न्यायोचितता आधार र निर्देशन प्रदान गरेको छ । त्यसमा विश्वसर्वहारा वर्गले संसारलाई ठीकसित बुझ्ने र त्यसलाई फेर्ने एक अचूक बौद्धिक अस्त्र भेटाएको छ ।

यस विषयमा लेनिनले यसरी दर्शाउनुभएको छ– “माक्र्सको दर्शन एउटा यस्तो परिपूर्ण दार्शनिक भौतिकवाद हो, जसले मानव जातिलाई र खासरूपले मजदूरवर्गलाई ज्ञानका शक्तिशाली औजारहरू प्रदान गरेको छ ।”
(लेनिन, संकलित रचनाहरू, भाग १९, पृ. २५)

जसले जीवन र जगतलाई फेर्न चाहन्छ, विद्यमान यथार्थतालाई फेरेर नयाँ यथार्थताको निर्माण गर्न चाहन्छ, त्यसले संसारलाई बुझ्नुपर्दछ । त्यसलाई फेर्ने तरीका जान्नुपर्दछ । यही सामथ्र्य माक्र्सवादी दर्शनले उसलाई दिन्छ । मानव समाजमा सर्वहारा वर्ग सबैभन्दा ठूलो शक्तिशाली वर्ग हो, यस वर्गको लागि दर्शनको कत्रो महत्व रहेको हुन्छ भन्ने कुरालाई स्वयं कार्ल माक्र्सले यसरी व्याख्या गर्नुभएको छ– “जसरी दर्शनले सर्वहारा वर्गमा आफ्नो भौतिक हतियार भेटाउँछ, त्यसरी नै सर्वहारावर्गले दर्शनमा आफ्नो बौद्धिक हतियार भेटाउँछ ।”
(माक्र्स–एङ्गेल्स, संकलित रचनाहरू, भाग ३, पृ. १८७)

आज माक्र्सवादको माक्र्सवाद–लेनिनवाद–माओवादमा जुन विकास भएको छ, यस विषयमा यहाँ संक्षिप्त रूपमा चर्चा गर्ने कोसिस गरिएको छ ।

माथि पनि उल्लेख गरिएको छ, माक्र्सवाद सर्वहारावर्गको मुक्तिको सिद्धान्त हो । माक्र्सवादको दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन हो । यस दर्शनको सिद्धान्त भौतिकवाद हो । यस दर्शनले पदार्थ, प्रकृति वा सामाजिक सत्तालाई पहिलो र चेतना, विचार वा सामाजिक चेतनालाई दोस्रो स्थानमा राख्द छ । माक्र्सवादी दर्शनले वस्तुगत जगतको आत्मिक प्रतिबिम्बन मान्दछ र विश्वलाई बोधगाम्य बताउँछ । यस दर्शनको पद्धति द्वन्दवाद हो ।

माक्र्सवादको बारेमा मोहन वैद्य किरण अगाडि लेख्नु हुन्छ – “माक्र्सवाद सर्वहारा क्रान्तिको विज्ञान हो । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद, अतिरिक्त मूल्यको सिद्धान्त, वर्ग संघर्ष तथा इतिहासमा बल प्रयोगको भूमिका र बैज्ञानिक समाजवाद तथा साम्यवाद यसका आधारभूत मान्यता हुन् ।” (मोहन वैद्य ‘किरण’, माक्र्सवादी दर्शन, पृ. ५६)

माक्र्सवादका आधारभूत मान्यता र सिद्धान्त तथा यसको विकासका बारेमा कमरेड मोहन बैध किरणले गरेको विश्लेषण सही छ ।

‘ठोस परिस्थितिको ठोस विश्लेषण नै माक्र्सवादको आत्मा हो’ भन्नु हुने भी.आर्क. लेनिनले माक्र्सवादको गुणात्मक विकासको दोस्रो चरणमा लेनिनवादको प्रतिपादन गरेर माक्र्सवादको ज्ञानभण्डारमा थप योगदान पु¥याउनु भयो । यस विषयमा क. मोहन वैध किरण अगाडि लेख्नु हुन्छ – “माक्र्सवादको गुणात्मक विकासको दोस्रो चरण लेनिनवाद हो । पुँजीवादले सम्राज्यवादमा प्रवेश गर्नु, उत्पादक शक्ति, सर्वहारा आन्दोलन तथा ज्ञान विज्ञानका क्षेत्रमा थप प्रगति हुँदै जानु र यस प्रकारको नयाँ परिस्थिति अनुरूप माक्र्सवादलाई नयाँ उँचाइमा विकसित गर्नु पर्ने ऐतिहासिक आवश्यकताका बीचबाट लेनिनवाद जन्मियो ।” (मोहन वैद्य ‘किरण’, माक्र्सवादी दर्शन, पृ. ५७)

महान लेनिनद्वारा लेनिनवादको प्रतिपादनबारे क. मोहन वैध किरणले गर्नु भएको विश्लेषण सही छ ।

माक्र्सवाद–लेनिनवादको ऐतिहासिक विकासका क्रममा एक ऐतिहासिक आवश्यकताले क. माओ (२६ डिसेम्बर १८९३ – ९ सेप्टेम्बर १९७६) द्वारा माक्र्सवाद–लेनिनवादको गुणात्मक विकासको तेस्रो र नयाँ चरणमा माओवादको प्रतिपादन हुन पुग्यो र मालेमावाद विश्वसर्वहारा वर्गको मुक्तिको पथप्रदर्शक सिद्धान्त बन्न पुग्यो ।

यस विषयमा कमरेड मोहन बैध किरण पुनः अगाडि लेख्नु हुन्छ-

” माक्सवाद–लेनिनवादको गुणात्मक विकासको तेस्रो र नयाँ चरण माओवाद हो । सामन्तवादी–साम्राज्यवादी शोषणको दोहोरो उत्पीडनबाट आक्रान्त अविकसित देशहरूका क्रान्तिका समस्याहरूको समाधान गर्नु पर्ने, स्टालिनको मृत्यु पश्चात रुस एवं पूर्वी युरोपका कैयौं देशहरूमा पुँजीवादको पुनस्थापनाका कारणहरूको खोज गरी त्यसबाट शिक्षा लिनु पर्ने तथा त्यसबाट उत्पन्न समाजवादी समाजका अन्तर्विरोधहरूको समाधान गर्नु पर्ने र आधुनिक संशोधनवादका विरुद्धको लडाई लड्नु पर्ने ऐतिहासिक आवश्यकताकाको पृष्ठभूमिमा मालोद्वारा माक्र्सवाद–लेनिनवादको पृष्टभूमिमा थप परिमार्जन तथा विकास गरि त्यसलाई माक्र्सवाद–लेनिनवाद–माओवादको तेस्रो, नयाँ र गुणात्मक उँचाइमा पु¥याउने काम भयो ।” (मोहन वैद्य ‘किरण’, माक्र्सवादी दर्शन, पृ. ५९)

माओवादको क.माओद्वारा प्रतिपादन गरिएको बारेमा क. मोहन बैंध किरणले गर्नु भएको विश्लेषण बारेमा क. मोहन बैध किरणले गर्नु भएको विश्लेषण वस्तुवादी तथा वैज्ञानिक दुवै सावित हुन पुगेको छ ।

अतः यसरी आज अन्तर्राष्ट्रिय सर्वहारा वर्गको हातमा एउटा सार्वभौम सिद्धान्तको सिंगो अभेद्य इकाइको रूपमा माक्र्सवाद–लेनिनवाद–माओवाद रहन पुगेको छ । साथै माओवादलाई आजको विश्वको माक्र्सवाद–लेनिनवादका ग्रहण नगरिकन कोही पनि, काही पनि सच्चा क्रान्तिकारी कम्युनिष्ट बन्न सक्तैनन् भन्ने व्यवहारमै पुष्टि हुन पुगेको छ । आज माक्र्सवाद–लेनिनवाद–माओवादमाथि दक्षिणपन्थी संशोधनवादीहरू, नवसंशोधनवादीहरू, उत्तर आधुनिकतावादीहरू र नवमाक्र्सवादीहरूबाट भीषण आक्रमण भइरहेको छ । अर्थात् सबै प्रकारका रूप र रंगका संशोधनवादीहरूले मालेमावादमाथि भीषण आक्रमण गरेर मालेमावादलाई भ्रष्टिकरण गर्ने बहुत ठूलो कसरत भइरहेको छ । अतः मालेमावादको रक्षा, प्रयोग र विकासको प्रश्न शीर्षक अन्तर्गत रहेर यस विषयमा आवश्यक छलफल गर्ने प्रयत्न गरिएको छ ।

मालेमावादको रक्षा, प्रयोग र विकासको प्रश्न

मालेमावादको अध्ययन गर्ने नाममा विभिन्न रूपरंग धारण गरेका तमाम प्रकारका अवसरवादी, विसर्जनवादी तथा संशोधनवादीहरूले मालेमावादको अपव्याख्या गर्ने, मालेमावादको अन्तर्वस्तुको तोडमोड गर्दै आएका छन् । यस विषयमा सच्चा मालेमावादी क्रान्तिकारीहरूले सावधानी अपनाउन जसरी हुन्छ ।

माक्र्सवादको सिर्जनात्मक प्रयोगका नाममा तमामखाले अवसरवादी तथा विसर्जनवादीहरूले मालेमावादको अपव्याख्या गर्ने मालेमावादको अन्तरवस्तुहरूको तोडमोड गर्ने कार्य गर्दै आएका छन् । नेपालमा पनि मदन भण्डारीले माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्ने भन्दै नयाँ जनवादमा “बहुलवाद” घुसाएर नयाँ जनवादी क्रान्तिको कार्यक्रमको ठाउँमा पूँजीवादी संसदवादी “जनताको बहुदलीय जनवाद” पारित गराएका थिए । त्यस्तै मालेमावादको अध्ययन गर्ने नाममा डा. बाबुराम भट्टराईले “आजको माक्र्सवाद र साम्राज्यवाद” भन्दै समग्र मालेमावादका अन्तर्वस्तुहरूको तोडमोड गर्दै आफैँ मालेमावादबाट विसर्जित हुन पुगेका छन् ।

माक्र्सवादको अध्ययनका नाममा मालेमावादलाई नै तोडमरोड गर्ने अवसर बदीतथ सारा संशोधनवादीहरूबाट मालेमावादको रक्षा गर्न जरूरी हुन्छ । मालेमावादको रक्षा, विकास र प्रयोग त दुइलाइन संघर्ष र भीषण वर्ग संघर्षको माध्यमबाट मात्र गर्न सकिन्छ ।
सिद्धान्तको वास्तविक विकास त्यसको सिजनशील प्रयोगमा आधारित हुने कुरालाई भुल्नु हुदैन । सिद्धान्तको प्रयोग यान्त्रिक रूपमा होइन, हरेक देशको ठोस परिस्थिति, विशिष्टता र मौलिकतामा आधारित हुनु पर्दछ । अतः कुनै पनि मुलुकमा सिद्धान्तको प्रयोग गर्दा यान्त्रिकता र अध्यानुकरण नभई सिर्जनशीलता र सम्बन्धित देशको विशिष्टतामाथि ध्यान दिनु पर्ने हुन्छ ।

विदेशी प्रतिनिधिहरूसित कुराकानी गर्ने सिलसिलामा चिनी क्रान्तिका अनुभवहरूमाथि ध्यान दिँदै माओत्सेतुङले अगाडि भन्नु हुन्छ–

“चिनी क्रान्तिको अनुभव अर्थात् ग्रामीण आधार इलाकाहरूको निर्माण गाउँबाट सहरलाई घेर्ने र पूर्ण रूपमा शसहरूमाथि कब्जा गर्ने काम तपाईंहरूमध्ये धेरैजसो मुलुकहरूमा लागु नहुन सक्छ । यद्यपि यसले तपाईंहरूलाई सन्दर्भका रूपमा काम दिन सक्छ । म तपाईंहरूलाई चिनिया क्रान्तिका अनुभवहरूलाई यान्त्रिक रूपमा नक्कल नगर्न सल्लाह दिन चाहन्छु । कुनै विदेशी मुलुकको अनुभवको केवल सन्दर्भको रूपमा काम दिन सक्छ र त्यसलाई जडसूत्रका रूपमा ग्रहण गर्नु हुँदैन । माक्र्सवाद–लेखिनवादको सर्वाभौम सत्य र तपाईंहरूका आप्mनै देशहरूका ठोस परिस्थितिका बिचमा एकरूपमा कायम हुनुपर्दछ ।” (माओ त्सेतुङ, संकलित रचना, भाग ५, पृ. ३२६)

हाम्रो देशको लागि माओको यी भनाइहरू बढी मननयोग्य छन् । माक्र्सवादको सिर्जनात्मक प्रयोग र सैद्धान्तिक विकासका लागि द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादलाई दृढतापूर्वक अवलम्बन गर्नु पर्दछ ।

हामीले अध्ययन गर्नु पर्ने कुन कुरा महŒवपूर्ण हो भन सिद्धान्तको संशोधन र परित्यागको परिघटनालाई (जस्तो बाबुराम भट्टराईले माक्र्सवादको परित्याग गरेको घटनालाई पनि उदाहरणमा लिन सकिन्छ । सामान्य अर्थमा होइन, संशोधनवादी परिघटनाका अर्थमा ग्रहण गर्नु पर्ने हुन्छ । यस प्रकारको संशोधनवाद दक्षिण, मध्य र उग्र जुनसुकै रूपमा पनि देखा पर्न सक्छ । यहाँनेर हामीले जान्ने पर्ने कुरा के हो भने आजको साम्राज्यवाद र सर्वहारावर्ग बिचको भीषण संघर्षको युगमा संशोधनवाद खुला रूपमा भन्दा छदम रूपमा प्रकट हुने गर्दछ । जस्तो एमाओवादी हुदैँ माओवादी केन्द्रसम्म आइपुग्दा प्रचण्ड रूपी छदम संशोधनवादलाई उदाहरणको रूपमा लिन सकिन्छ । कुरा क्रान्ति गर्ने तर व्यवहार प्रतिक्रान्तिकारी गर्नेलाई छद्म संशोधनवादी भनिन्छ ।

अतः माक्सवादको विकास संघर्षका बिचबाट हुने गर्दछ । त्यसो भएर नै माक्र्सवादी दर्शनलाई संघर्षको दर्शन भनिन्छ । यी माथि उल्लेखित विषयवस्तुहरूको अध्ययन हामीले वैज्ञानिक (द्वन्द्वात्मक) पद्धतिको आधारमा अध्ययन गर्दै अगाडि बढ्यो भने हामीले यी चीजलाई सही ढंगले पकडन सक्छौँ र ठिक ठाउँमा पुग्न सक्छौं ।

दक्षिणपन्थी संशोधनवादीहरू नवसंशोनधनवादीहरू, उत्तर आधुनिकतावादी, नवमाक्र्सवादीहरू र सबै रंग र रूपका संशोधनवादीहरूद्वारा मालेमावादमाथि भीषण आक्रमण र तोडफोड भइरहेको सन्दर्भमा मूलतः दक्षिणपन्थी संशोधनवाद नै महान नेपाली नयाँ जनवादी क्रान्तिका लागि मुख्य बाधक बनिरहेकोे वर्तमान परिस्थितिमा नेपालको सन्दर्भमा मालेमावादको कसरी प्रयोग, रक्षा र विकास गर्ने भन्ने सवाल ज्यादै जटिल बन्न पुगेको छ । यसलाई परास्त गर्न व्यापक रूपमा छलफल र बहस गर्न अनिवार्य आवश्यकता बन्न गएको छ ।

माक्सवादको अध्ययन गर्ने र समग्रमा मालेमावादको अध्ययन मात्रै होइन । त्यसलाई जीवन व्यवहारमा लागु गर्ने जो कोहीलाई पनि मालेमावादको आधारभूत सिद्धान्तको ज्ञान हुनै पर्दछ ।

माक्र्स–एंगेल्सले वैज्ञानिक अनुसन्धान गरेर माक्र्सवादको प्रतिपादन गर्नु भयो । लेनिन माओले माक्र्सवादलाई समृद्ध पार्न महत्वपूर्ण योगदान गर्नु भयो । अहिले सिंगो मालेमावाद माथि दक्षिणपन्थी संशोधनवादीहरू, नवसंशोधनवादीहरू उत्तर आधुनिकता वादी र नवमाक्र्सवादीहरूबाट भीषण आक्रमण भइरहेको छ । यिनीहरूको आक्रमणले प्रतिक्रान्तिकारीहरूलाई बलियो तुल्याई रहेको छ भने क्रान्तिकारी मालेमावादीहरूलाई रक्षात्मक स्थितिमा पु¥याईदिएको विश्व कम्युनिष्ट आन्दोलन नै रक्षात्मक स्थितिमा पुगेको छ ।

आजको युग साम्राज्यवाद र सर्वहारा वर्गबीचको भीषण वर्गसंघर्षको युग हो विश्व साम्राज्यवादलाई परास्त गरि वैज्ञानिक समाजवादको स्थापनाको लाग सबै खाले रंग र रूपका संशोधनवादीहरूलाई वैचारिक रूपमा परास्त गर्ने जिम्मेवारी आज क्रान्तिकारी मालेमावादीहरूको काँधमा आएको छ / श्रोत-जनपाटि डट कमबाट साभार गरिएको