You are here
Home > समाचार > खटाएको क्षेत्रमा नजाने कर्मचारीलाई मन्त्री पण्डितले दिए ३ दिने अल्टिमेटम

खटाएको क्षेत्रमा नजाने कर्मचारीलाई मन्त्री पण्डितले दिए ३ दिने अल्टिमेटम

११ बैशाख २०७५, मंगलवार २१:४४

मदन कुमार गाैतम  ,काठमाण्डाै 

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले खटाएका क्षेत्रमा नजाने र जान आलाटेल गर्ने खोज्ने कर्मचारी माथि कडा नीति ल्याएका छन ।

मन्त्री पण्डितले स्थानीय तहमा खटाएका कर्मचारीलाइ पत्र काटेको मितिले बाटोको काज बाहेक ३ भित्रमा कार्य क्षेत्र मा जान सम्म अल्टिमेटम दिएका छन ।

संघिय संरचना अनुसार मन्त्रालय ले तोकिएको महानगरपालिका ,नगरपालिका, गाउपालिका र वडा कार्यालयमा नजाने कर्मचारी लाइ पत्र काटेको छ भने सो पत्रलाइ सोमबार नै सबै तहमा परिपत्र गरेको छ  ।