You are here
Home > राजनीति > मार्क्स जयन्ती,बैशाख २२ मै हुने भो पार्टी एकता

मार्क्स जयन्ती,बैशाख २२ मै हुने भो पार्टी एकता

१४ बैशाख २०७५, शुक्रबार १३:२५

काठमाडौं। विभिन्न कारण पार्टी एकता पर-पर सरिरहँदा नेकपा एमाले र माओवादीका नेता कार्यकर्ताबीच अन्याैल छाएकाे थियाे । तर यसअघि राेकिएकाे दुवै पार्टीबीचकाे एकताकाे चाँडै हुने भएकाे छ । नयाँ मिति यही वैशाख २२ का पार्टी एकता हुने सार्वजनिक भएको हाे ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मार्क्स जयन्तीमा पार्टी एकता गर्ने सहमति भएको स्रोतले जनाएकाे छ ।

गत बैशाख ९ गते भएको संयुक्त सभामा ओली र प्रचण्ड दुबैले अघोषित मितिमा पार्टी एकता हुने बताएका थिए । सोही बमोजिम दुई अध्यक्षहरु यतिबेला पार्टी एकताका लागि छलफलमा जुटेका हुन् । कुनै अवरोध सिर्जना नभए मार्क्स जयन्तीकै दिन पार्टी एकता हुने एमाले स्रोतले जनाएकाे छ ।श्रोत -न्युज २४ अनलाइन