You are here
Home > समाचार > फेरी बढ्यो इन्धन्को मुल्य

फेरी बढ्यो इन्धन्को मुल्य

१९ बैशाख २०७५, बुधबार २०:०२

 

काठमाडौं- नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मुल्य बढाएको छ।

निगमको बोर्ड बैठकले बुधबार राति १२ बजेदेखि लागू हुने गरी प्रतिलिटर पेट्रोलमा दुई रुपैयाँ तथा मट्टितेल र डिजेलमा तीन तीन रुपैयाँ मुल्य बढाएको हो।

निगमका बोर्ड डाइरेक्टर अरविन्द अग्रवालले भारतमा पेट्रोलियम पदार्थको मुल्य बढेका कारण नेपालमा पनि मुल्य समायोजन गर्नु परेकाे बताए।

खाना पकाउने एलपी ग्याँस र हवाई इन्धनको मुल्यमा भने कुनै फेरबदल छैन।