You are here
Home > विचित्र संसार > लेडी “ट्रम्प”

लेडी “ट्रम्प”

२० बैशाख २०७५, बिहीबार १३:४६

संसारमा उस्तै अनुहार भएका मानिस अर्काे पनि हुन्छ भनिन्छ । अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जस्तै अनुहार भएको मानिस भेटिएको छ । ठ्याक्कै ट्रम्प जस्तो देखिने ब्यक्ति पुरुष नभएर महिला हुन् ।

उनी स्पेनको एक गाउँमा बस्छिन् । दोरोलेस लेइस एन्तेलो ४० वर्ष देखि पतिसंग स्पेनको कावाना डे वेग्रान्टिनोसमा बस्दै आएकी छिन् । उनी संग फोन र कप्प्युटर केही पनि छैन तर पनि उनी भाइरल भएकी छन् । पत्रकार पाउला भास्क्वेजले फोटो खिचेपछि उनी चर्चामा आएकी हुन् ।
हालैको आँधीले पु–याएको क्षतिपछि किसानहरु कसरी बसिरहेका छन् भनेर समाचारका लागि पत्रकार भास्क्वेजस ो गाउँमा पुगेका थिए । त्यर्स समयमा उनले एन्तेलोले हातमा कोदालो बोकेको फाटो खिचेका थिए ।”दोलोरेस खेततिर बन्दाकाउली टिप्न जाँदै थिइन,स्पेनी भाषाको पत्रिकासंग भास्क्वेजले भनेका छन् । “मैले केही समय उनीसंग कुराकानी गरें । गर्लफ्रेन्डले उनको फोटो खिच्दै थिइन् र त्यसै समय मैले सेल फोनबाट उनको फोटो खिचें ।”
भास्केजलाई फाटो राम्रो लाग्यो र इन्टाग्राममा पोस्ट गरे । त्यसवेला सम्म उनलाई अमेरिकी राष्ट्रपति ट्रम्पजस्तो देखिने लागेको थियो तर अन्य मानिसले ट्रम्पजस्तो देखिएको पत्ता लगाए । फोटो भाइरल भयो । फोटो ८ हजार भन्दा बढि फेभरेट र ४ हजार ७ सय भन्दा बढी पटक रिट्विट भयो । दोलोरेसलाई भेट्न अरु पत्रकारहरु पनि पुगे तर उनले कपालको रङका कारण विश्वभर फैलिएको होला भनेर त्यस विषयलाई खासै महत्व दिइनन्, न त डोनाल्ड ट्रम्पले नै त्यसलाई मतवा गरे किन भने उनले अहिले सम्म त्यो फोटो रिट्विट गरेको छैनन् ।

  • 33
    Shares