You are here
Home > राजनीति > क, अाहुतिद्वारा नयाँ बैज्ञानिक समाजबादी कम्युनिष्ट पार्टी नेपालकाे घाेषणा !

क, अाहुतिद्वारा नयाँ बैज्ञानिक समाजबादी कम्युनिष्ट पार्टी नेपालकाे घाेषणा !

२२ बैशाख २०७५, शनिबार २१:४५

नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) पार्टी परित्याग गरि नयाँ पार्टी खोल्ने उदेश्यका साथ अलग्गिएका  बरिष्ट नेता बिस्व भक्त दुलाल (क.आहुति ) ले बैज्ञानिक समाजबादी कम्युनिष्ट पार्टी, नेपाल घोषणा गरेका छन् ।

आहुतिले आज एक बक्तब्य निकाल्दै भनेका छन् विश्व सर्बहारा श्रमिक वर्ग तथा सिंगो मानबताकाे मुक्तिको विचार धारा माक्सबादका  प्रवर्तक कार्ल मार्क्सको द्रिश्योतबार्षिकी को बिशेष सन्दर्भमा नेपाल बाट नयाँ युगको बैज्ञानिक समाजबादी कम्युनिष्ट पार्टी निर्माण गरेको जानकारी गरेका छन् ।

भूमण्डली कृत पुजिबाद अर्थात् आजको सम्राज्यबाद तथा दलाल पुजीबादी बेबस्थाले सर्बहारा श्रमिक वर्ग लगायत सम्पूर्ण मानब जाति माथि लाधेको सबै प्रकार को शोषण उत्पीडन र पर्यावरण बिनाशका विरुद्ध नयाँ धरातल मा उठाउने संकल्प सहित सुरु भएको बैज्ञानिक समाजबादी कम्युनिष्ट पार्टी नेपाल निर्माण
भएको समेत बक्तब्य मा जनाएका छन् ।

 

२०७५ बैसाख २१ गते काठमाडौँ मा कम्युनिष्ट क्रान्तिकारीहरुको एक बिषेस भेलाले यस पार्टीको बिचारात्मक राजनीतिक कार्यदिशा तय गरेको जनाएका छन् ।

सो पार्टी निर्माणका लागि कमरेड आहुति को संग्योजकात्मा ५१ सदस्यीय बैचारिक राजनीतिक तथा संगठनिक अभियान समिति गठन गरिएको बक्तब्यमा उल्लेख   गरिएको छ।

 

आहुति माओबादी केन्द्रमा रहदा पार्टीको पोलिटब्युरो सदस्य हुदै केन्द्रिय कार्यालय सदस्यकाे हैसिएतमा रहेका थिए भने उनले पार्टीका विभिन्न जनबर्गिय संगठन को प्रमुख को भूमिका समेत निभाएका थिए। अध्यक्ष प्रचण्ड र अन्य वरिष्ठ नेताहरु संग राजनीतिक र बैचारिक मतभेद राख्दै आएका आहुतिले नया पार्टीको घोषणा गरेका हुन्।

नेपालमा कम्युनिष्टहरुको कम्युनिष्ट आन्दोलन बिसर्जन भएको बताउने आहुतिले अब कम्युनिष्टहरुको नया युग सुरु भएको नेपाल न्यूज लाई प्रतिक्रिया दिएका छन् ।