You are here
Home > प्रशासन > प्रहरी महानिरीक्षक लाइ खुल्ला पत्र लेख्ने जवानको जागिर चट !

प्रहरी महानिरीक्षक लाइ खुल्ला पत्र लेख्ने जवानको जागिर चट !

२४ बैशाख २०७५, सोमबार २२:५४

काठमाडौं – प्रहरी संगठनमा आँच आउने अनैतिक गतिविधि गरेको आरोपमा प्रहरी जवान दीपेन्द्रबहादुर चन्दलाई जिल्ला प्रहरी कार्यालय कैलालीले सेवाबाट बर्खास्त गरेको छ। धनगढीमा कार्यरत चन्दमाथि संगठन प्रमुख प्रहरी महानिरीक्षकलाई सम्बोधन गरी ‘युनिफर्म’ लगाएका फोटो तथा गैरजिम्मेवार लेखहरु सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेको आरोप लागेको छ। यस्तै खटाइएको ड्युटी पनि नगर्ने र संगठनभित्रका अनावश्यक सूचना प्रवाह गर्ने कार्यमा समेत चन्द संलग्न भएकोले उनलाई नोकरीबाट हटाइएको भन्दै कैलाली जिल्ला प्रहरी कार्यालयले सूचना जारी गरेको छ।