You are here
Home > प्रशासन > प्रहरी निरीक्षक बसन्त आचार्यद्वारा ठमेल बाट चरेस बरामद !

प्रहरी निरीक्षक बसन्त आचार्यद्वारा ठमेल बाट चरेस बरामद !

२९ बैशाख २०७५, शनिबार २२:४२

ठमेलको ज्याठाबाट १ के.जि चरेस सहित कालिकोटका ४ जना पक्राउ परेका छन् ।दरबारमार्गको प्रहरी बृतबाट खटेको प्रहरी निरीक्षक बसन्त आचार्यको नेतृत्वमा खटेको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कालिकोटका बिरजित साही, रंजित बि.क, लोकेन्द्र बम र पटक बहादुर बम रहेका छन् ।

ठमेलको एक क्याफेमा खरिद बिक्रिका लागि बार्गेनिंग गर्दा गर्दै उनीहरु पक्राउ परेका हुन् । समाचार स्रोतका अनुसार पक्राउ परेका ४ जनालाई भोलि नै सार्बजनिक गरि लागु औषधको मुद्दा चलाइने एक प्रहरी स्रोत ले जनाएको छ । उनीहरु र उनीहरु संग संग्लग्न अन्य व्यक्तिहरुको पनि खोजि कार्य भैरहेको बुझ्न आएको छ ।
हाल उनीहरुलाई दरबारमार्ग स्थित प्रहरी बृतमा रखिएको छ भने उनीहरुलाई छुटाउन केहि विभिन्न दलका नेता तथा कार्यकर्ता लागि परेका छन् ।
सो कुराबारे प्रतिक्रिया दिदै एक प्रहरी अधिकारी बताउछन् ” ति ४ जना लाई कुनै पनि हालतमा छोडिदैन, गल्ति पनि गर्ने र उनीहरुलाईनै छुटाउन कसैले दबाब दिन्छ भने उसलाई पनि छोडिदैन ” ।

  • 2.3K
    Shares