You are here
Home > समाचार > मेयरमाथि आक्रमण गर्ने विप्लवका नेता पक्राउ !

मेयरमाथि आक्रमण गर्ने विप्लवका नेता पक्राउ !

१ जेष्ठ २०७५, मंगलवार २१:५६

मध्यपुर थिमीका मेयर मदनसुन्दर श्रेष्ठमाथि नेत्रविक्रम चन्द विप्लवका कार्यकर्ताले आक्रमण गरेको खुलेको छ ।आक्रमणमा संलग्न नेकपाका भक्तपुर सेक्रेटरी कुशल बोगटी पक्राउ परेका छन् ।महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले बोगटीलाई बागबजारबाट पक्राउ गरेको एसएसपी धिरजप्रताप सिंहले बताए।

उनको साथबाट घटनामा प्रयोग भएको मोटरसाइकलका साथै ५ थान मोबाइल र १४ थान सिम बरामद भएको छ ।मेयर श्रेष्ठमाथि भएको आक्रमणमा बोगटीको प्रत्यक्ष संलग्नता देखिएको महाशाखाले जनाएको छ ।मेयर श्रेष्ठमाथि ४ वैशाखमा आक्रमण भएको थियो । उनको गाडीमा समेत तोडफोड भएको थियो ।

  • 8
    Shares