You are here
Home > राजनीति > नाकाबन्दी मैले गरेको हु भन्दै नाकाबन्दी गराउने ब्यक्ति नाम सहित, राजेन्द्र महतोले गरे सनसनी पूर्ण खुलासा !

नाकाबन्दी मैले गरेको हु भन्दै नाकाबन्दी गराउने ब्यक्ति नाम सहित, राजेन्द्र महतोले गरे सनसनी पूर्ण खुलासा !

१ जेष्ठ २०७५, मंगलवार २२:१८

राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले ०७२ सालमा नेपालमा भएको नाकाबन्दी भारतले नभई आफुहरुले लगाएको बताएका छन् । नेपालमा लगाएको नाकाबन्दीबारे भारतले वा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालसम्म माफी नमागेको प्रसंगमा उनले यस्तो बताएका हुन् ।
‘हिजो मधेस आन्दोलन जुन भयो, त्यो आन्दोलनको स्वरुप नाका अवरोध पनि थियो । नाका अवरोध हामीले निर्णय गरेर गरेको हो’ महतोले भने ‘डंकेका चोटमा घोषणा गरेर नाका अवरोध गरेको हो । त्यसैगरी घोषणा गरेरै नाका अवरोध फिर्ता लिएको हो।’ मदेशबादी दलले गरेको आन्दोलनलाई भारतले मात्र नभई दुनियाभरबाट सहयोग भएको उनको भनाई थियो । उनले भने ‘पहाडमा पनि समर्थन भएको थियो । तर नाकाबन्दी हामीले गरेको हो, यसमा मोदीले किन माफी माग्ने ?’ मोदीलाई यो तामझामका साथ अभिनन्दन जरुरी नै हो भन्ने प्रश्नमा उनले पाहुना आउँदा स्वागत सत्कार गर्नु हाम्रो संस्कार संस्कृति भएको बताए ।