You are here
Home > राजनीति > प्रचण्ड र माधव नेपालबीच भेटवार्ता !

प्रचण्ड र माधव नेपालबीच भेटवार्ता !

१ जेष्ठ २०७५, मंगलवार २३:०६

नेकपा एमाले र माओवादी केन्द्रबीच खटपट देखिएसँगै एकता प्रक्रियामा अन्योल उत्पन्न भएको भनिएको बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले नेता माधव नेपालबीच मंगलबार बिहान भेटवार्ता भएको छ ।

भेटमा पार्टी एकताका क्रममा देखिएका विमतीलाई हल गरी चाँडोभन्दा चाँडो एकता गर्ने विषयमा  छलफल भएको बताइएको छ ।  भेटमा  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको सेरोफेरोमा दुई पार्टीबीच देखिएको विवादका सम्बन्धमा समेत छलफल भएको बताइएको छ ।

मोदीको भ्रमणका सम्बन्धमा प्रधानमन्त्रीले  नेकपा माओवादी केन्द्रसँग कुनै छलफल नगरेको, भारतसँग अरुण तेस्रोको सम्झौतामा  विभागिय मन्त्रीलाई नसमेटेको लगायतका विषयमा माओवादी एमाले र प्रधानमन्त्री  ओलीसँग असन्तुष्ट बनेको बताइएको छ ।

सोमबार मात्रै संसद बैठकमा बोल्दै माओवादी प्रवक्ता तथा सांसद पम्फा भुसालले भारतसाग भएको  अरुण तेस्रोसम्बन्धी सम्झौता संविधान विपरित भएको बताएकी थिइन् । यसबाहेक पार्टी एकताका सन्दर्भमा पनि भागबण्डा, एजेण्डाका साथै चुनाव चिन्ह र झण्डालगायतका विषयमा पनि विवाद भएको  छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणअघि  माओवादी केन्द्रका अध्यक्ष प्रचण्डप्रति लक्षित गर्दै ओलीले गरेको ट्वीटपछि दुई नेताबीच सम्बन्धमा चिसोपन सुरु भएको थियाे । ओलीको ट्वीटपछि प्रचण्डले पार्टीको बैठकमा ओलीको  ट्वीटप्रति असन्तुष्टि जनाएका थिए । सोलगत्तै विवाद सतहमा आएको विवाद हालसम्म पनि ज्यूँका त्यू रहेको बेला    नेपाल र प्रचण्डबीच भेटवार्ता भएको हो ।

भेटका क्रममा एमाले नेता नेपालले ओली र प्रचण्डबीचमात्र वान टु वान वार्ता हुँदा पार्टी एकताबारे कार्यकर्ता प्रष्ट नहुने र अन्यौल बढ्ने भन्दै संयोजन समिति बैठकमा छलफल गर्न आग्रह गरेको पनि बताइएको छ ।

  • 1
    Share