You are here
Home > समाचार > हराइरहेको बिमान दुर्घटनाग्रस्त अवस्थामा फेला

हराइरहेको बिमान दुर्घटनाग्रस्त अवस्थामा फेला

२ जेष्ठ २०७५, बुधबार १२:०७

सुर्खेत : मकालु एयरको नाइन एन जेयु  कार्गो विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ / १२ हजार ८ सय फिटबाट खसेको विमान तीन टुक्रा भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता प्रेम ठाकुरका अनुसार १२ हजार ८ सय फिटबाट खसेको थियो।

दुर्घटनामा पाइलट किरण भट्टराई र कोपाइलट आदित्य नेपालीको  मृत्यु भएको छ ।बुधबार बिहान हुम्लाका लागि उडेको मकालु एयरको विमान हुम्लाको खार्पूनाथ गाउँपालिका २ को राया र थाली भन्ने ठाउँको बीचमा रहेको लामाडाँडामाथिको बाहु्नखर्कमा दुर्घटनाग्रस्त भएको हो।  बिहान ६ बजेर १२ मिनेटमा सुर्खेत विमानस्थलबाट उडेको जहाज बाजुराको क्षेत्रबाट सम्पर्कबिहीन भएको थियो ।

  • 17
    Shares