You are here
Home > Front News > पार्टी एकता एक सातामै टुंगो लाग्ने, पार्टी एकता संयोजन समितिको बैठक बोलाइयो !

पार्टी एकता एक सातामै टुंगो लाग्ने, पार्टी एकता संयोजन समितिको बैठक बोलाइयो !

२ जेष्ठ २०७५, बुधबार १३:३३

एमाले र माओवादीबीच पार्टी एकीकरण टुंगो लगाउन बिहीबार पार्टी एकता संयोजन समितिको बैठक बस्ने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच छलफलपछि संयोजन समिति बैठक राखिएको हो ।

पार्टी एकताबारे नकारात्मक प्रचार शुरु भएपछि ओली र प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान छलफल भएको हो ।

भेटमा पार्टी एकता सकेसम्म एक साताभित्रै टुंगो लगाउन दुवै नेता सहमत भएको स्रोतले जनाएको छ ।

पार्टी एकीकरण प्रक्रियाबारे नकारात्मक प्रचारबाजी भइरहे पनि बाहिर आएजस्तो कुनै खटपट नरहेको एमाले महासचिव ईश्वर पोखरेलले बताए । उनले शीर्ष नेताहरुको व्यस्तता र भारतीय प्रधानमन्त्रीको भ्रमणमा केन्द्रित हुनुपरेकाले गृहकार्य हुन बाँकी रहेको बताए ।

  • 6
    Shares