You are here
Home > समाचार > दुई करोडभन्दा बढी नेपाली नक्कली रुपैयाँसहित ६ पक्राउ !

दुई करोडभन्दा बढी नेपाली नक्कली रुपैयाँसहित ६ पक्राउ !

२ जेष्ठ २०७५, बुधबार १९:१०

महानगरीय प्रहरी परिसरबाट खटिएको टोलीले २ करोड ६० लाख ६३ हजार नक्कली रुपैयाँ बरामद गरेको छ। चलचित्र निर्माता माधव वाग्लेको कोठाबाटमात्रै २ करोड ५२ लाख रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीले आज ६ जनालाई नक्कली रुपैयाँसहित पक्राउ गरेको हो। पक्राउ पर्नेमा निर्माता वाग्लेसँगै महेन्द्र बोगटी, सुजित तामाङ, दिकेश नापित र प्रकाश सुवेदी रहेका छन्।उनीहरुले नक्कली नोट होटल।रेस्टुराँको बिल तिर्दा, यौन बजारमा तथा लागू औषध दुर्व्यसनका क्षेत्रमा प्रयोग गर्दै आएको परिसरका एसएसपी विश्वराज पोखरेलले जानकारी दिए।

  • 48
    Shares