You are here
Home > समाचार > भक्तपुर YCLले सम्मान तथा अभिनन्दन गर्दै मनायो ‘बेपत्ता योद्धा दिवस ‘

भक्तपुर YCLले सम्मान तथा अभिनन्दन गर्दै मनायो ‘बेपत्ता योद्धा दिवस ‘

७ जेष्ठ २०७५, सोमबार ११:५०
कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री राम बहादुर थापा ‘बादल’

काठमाण्डौ ,नेपाल सरकारका गृह मन्त्री राम बहादुर थापा ‘बादल’काे प्रमुख आतिथ्यमा  भक्तपुर वाईसियलले ‘बेपत्ता योद्धा दिवसको अवसर पारेर सहिद तथा बेपत्ता परिवारलाई सम्मान तथा अभिनन्दन कार्यक्रम गरेकाे छ । तत्कालीन नेकपा माअाेबादीका केन्द्रिय सदस्य दण्डपाणी न्याैपानेलाई  जनयुद्दका क्रममा  राज्यपक्षले बेपत्ता बनाएसंगै मनाउदै अाएकाे बेपत्ता दिवसकाे अबसरमा साे कार्यक्रम गरिएकाे हाे ।कास्कीका फनिन्द्र सिमखडा न्याैपाने भन्दा पहिलेनै तत्कालीन राज्यपक्षले बेपत्ता पारिएता पनि न्याैपानेकाे बेपत्ता भएसंगै पार्टीले बेपत्ता दिवस मनाउदै अाएकाे हाे । साे अबसरमा खासगरी भक्तपुर जिल्ला भित्रका  र भक्तपुरलाई कार्यक्षेत्र बनाएर कार्य  गर्दैगर्दा भएका सहिद तथा बेपत्ता परिवारहरुलाई अाज नेपाल सरकारका गृह मन्त्रीद्वारा सम्मान तथा अभिनन्दित भएका छन्  । सो अवसरमा ३० जनालाई सम्मान तथा अभिनन्दन गरिएकाे छ ।

कार्यक्रम बोल्दै प्रमुख अतिधि बादलले ‘अब नेपालमा बम गठबन्धनको सरकारले एक ठिक्क भएर सुसान र भ्रस्टाचारको निर्मुलिकरण तथा गुण्डाराजको अन्त्य संगै जनताको राज हुने ‘बताउनु भयो साथै उहाँले ‘अबको लडाईं भनेको नै दलाल पुँजीपतिहरु संग मात्र भएको’समेत बताउनु भयो / त्यस्तै माओबादी नेता डी पी ढकालले माओबादीले जनता संगको प्रतिबद्दता पुरा गर्न र समाज निर्माण गर्न पार्टी एकता भएको बताउनु भयो / द्वन्द पिडित परिवारको तर्फबाट बोल्दै द्वन्द पिडित भक्त बहादुर थापाले द्वन्द ब्यबस्थापन,शहिद तथा बेपत्ता माहाशाखा बनाई द्वन्द पिडितहरुको सुनुवाई गरियोस भनि माग समेत राख्नु भएको थियो /

कार्यक्रम भक्तपुर वाइसियल अध्यक्ष दिनेश थपलियाको अध्यक्ष्यतामा सम्पन्न भएको थियो भने कार्यक्रम संचालन भक्तपुर वाइसियल सचिव साजन बिकले गरेका थिए /

  • 268
    Shares