You are here
Home > समाचार > ३३ किलो सुन तस्करीका मुख्य नाइके भनिएका गोरे पक्राउ

३३ किलो सुन तस्करीका मुख्य नाइके भनिएका गोरे पक्राउ

८ जेष्ठ २०७५, मंगलवार १२:०६

मदन कुमार गौतम,काठमाण्डौ ,

सुन तस्करी गिरोहका नाइके चुडामणि उप्रेती उर्फ गोरे पक्राउ परेका छन् । गृह मन्त्रालयको विशेष छानबिन समितिले मंगलबार गोरेलाई पक्राउ गरेको हो । प्रहरी प्रवक्त शैलेष थापाले गोरे पक्राउ परेको जानकारी दिएका छन् । विमानस्थलबाट हुँदै आएको सुन तस्करी गिरोहका नाइके गोरेलाई भारतबाट पक्राउ गरिएको हो ।प्रहरीले उनलाई मंगलबार बिहान काठमाडौँ ल्याइसकेको छ र दिउँसो साढे १२ बजे गृह मन्त्रालयमा पत्रकार सम्मेलन गर्दैछ । गोरेलाई मंगलबार नै मोरङ पठाइने छ । हाल ३३ किलो सुन तस्करी काण्डका अभियुक्तका सम्बन्धमा सुनुवाई भइरहेको छ ।

  • 31
    Shares