You are here
Home > विचित्र संसार > काठमाडौँको एक माइक्रोमा अघ्यात ब्यक्तिद्वारा फिल्मी सैलीमा लुटपाट !

काठमाडौँको एक माइक्रोमा अघ्यात ब्यक्तिद्वारा फिल्मी सैलीमा लुटपाट !

८ जेष्ठ २०७५, मंगलवार १९:०२

नयाँ बसपार्कमा फिल्मी शैलीमा एक व्यक्तिको १ लाख ४७ हजार रुपैयाँ लुटपाट भएको छ ।पाँचथरको बामिडाँडा घर भइ नयाँ बसपार्क बस्दै आएका २३ वर्षीय मेगेन्द्र दुलालको रकम लुटपाट भएको हो ।

दुलालका अनुसार उनी नयाँ बसपार्कबाट माइक्रो चढेर जमलस्थित राष्ट्रिय नाँचघर अगाडि झर्ने क्रममा अपरिचित व्यक्तिले श्रीमतिको शल्यक्रिया गर्नु पर्ने भएको भन्दै सहयोग गरेका थिए । र, खल्तीमा रहेको नगदबाट एक हजार रुपैयाँ दिन खोज्दा ती व्यक्तिले सबै रकम लुटेर भागेका थिए ।लुटपाटमा संलग्नको खोजी कार्य जारी रहेको महानगरीय प्रहरी प्रभाग, बसपार्कले जनाएको छ ।

 

  • 22
    Shares