You are here
Home > समाचार > शिक्षा, बिज्ञान तथा प्रविधी मन्त्री पोखरेल र चिनिया राजदूत यू होङ् बिच भेटवार्ता शिक्षा क्षेत्रको विकासमा सहकार्य गर्ने विश्वास व्यक्त !

शिक्षा, बिज्ञान तथा प्रविधी मन्त्री पोखरेल र चिनिया राजदूत यू होङ् बिच भेटवार्ता शिक्षा क्षेत्रको विकासमा सहकार्य गर्ने विश्वास व्यक्त !

८ जेष्ठ २०७५, मंगलवार १९:०७

शिक्षा, बिज्ञान तथा प्रविधी मन्त्री गिरिराजमणि पोखरेल र नेपालका लागि चिनिया राजदूत यू होङ् बिच भेटवार्ता भएको छ । भेटको क्रममा उच्च शिक्षामा छात्रबृत्ती, समकक्षता, बिज्ञान र प्रविधीको प्रयोग लगायतका बिषयमा छलफल भएको छ । राजदूत होङ् संगको भेटमा मन्त्री पोखरेलले मेडिकल शिक्षा अध्ययन गर्ने नेपाली बिद्यार्थीहरुको समयसिमा र एकरुपता कायम गर्दै अगाडी बढ्ने योजना रहेको बताउनुभयो । विश्व बिद्यालयहरुमा साझेदारी गर्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याउँदैं मन्त्री पोखरेलले चिकित्सा शिक्षा, प्राविधिक विषयमा अध्ययन छात्रबृत्ति, भुकम्प पछीको बिद्यालय पुननिर्माण, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको क्षेत्रमा चिनिया सहयोगको प्रसंसा गर्नुभयो । मन्त्री पाखरेलले निकट भविष्यमा हुने प्रधानमन्त्रीको चिन भ्रमणबाट शिक्षा क्षेत्रको विकासको निम्ती महत्वपुर्ण सहयोगको अपेक्षा गरिएको मन्त्री पाखरेलले बताउनुभयो । मन्त्री पोखरेलसंगको भेटमा राजदूत होङ्ले नेपालको शिक्षा क्षेत्रको विकासको निम्ती चिनिया सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपाल सरकारको प्राथामिकताको क्षेत्रमा चिन सरकार सधैं सहयोग गर्न तयार रहेको बताउँदैं राजदूत होङ्ले दुई देशबिचको सम्बन्ध सुदृढ र मजबुत रहेको उल्लेख गर्नुभयो ।