You are here
Home > समाचार > दैलेख जिल्लामै पहिलोपटक तिनवर्षे कृषी वालिविज्ञान कार्यक्रम को अध्यापन हुने !

दैलेख जिल्लामै पहिलोपटक तिनवर्षे कृषी वालिविज्ञान कार्यक्रम को अध्यापन हुने !

९ जेष्ठ २०७५, बुधबार १४:३२

दैलेखको पश्चिम अर्थात क्षेत्र नं दुई मा पर्ने चामुण्डा विन्द्रासैनि नगरपालिका वडा नं ०३ स्थित श्री चामुण्डा माध्यामिक विद्यालयमा यसै शैक्षिक सत्र २०७५ देखि नै CTEVT अन्तर्गत तिन वर्षे कृषी वालिविज्ञान कार्यक्रम सन्चालन हुने भएको छ । उक्त विद्यालयमा यसअघि बिगत तिन वर्षदेखी अठार महिने कृषी जेटिए विषय अध्यापन हुदै आएको थियो । भने विद्यालयमा कक्षा एकदेखी बाह्र सम्म र पल्स टु मा शिक्षाशास्त्र संकाए र व्यवस्थापन संकाय मा अध्यापन हुदै आएको छ ।

चामुण्डा विन्द्रासैनि नगरपालिकाको कार्यालय र वडा नं तिन को कार्यपालिका को आर्थिक सहयोग,अनुदान र विद्यालयका पदाधिकारी र स्थानिय वुद्दिजिवी, समाजसेवीहरुको तिव्र सक्रियतामा उक्त क्रार्यक्रम सन्चालन गर्न लागिएको हो । विकासका पुर्वाधारमा सहयोग , मुख्य आम्दानिको स्रोत र पेसा कृषी भएकाले कृषी मा दक्ष जनशक्ती उत्पादनका लागि उक्त कार्सक्रम सन्चालन गर्न लागिएको हो । यस कार्यक्रमवाट प्रत्यक्ष रुपमा वेरोजगारी समस्याको विकल्पमा उठन स्थानियवासी पुर्ण लाभाम्भित हुने छन । एक घर एक प्राविधिक उत्पादन गर्ने ,फाेहाेरलाई माेहरमा बदल्ने ,उदेश्य ले कृषि शिक्षा सन्चालन हुने भएको छ ।

स्थानियस्तरमा अहिले एक घर एक पाेलिहाउस(व्यावसायिक तरकारीको लागि ) निर्माण अभियान सन्चालन गरि याे वर्ष वाट किसानको मा पाेलिहाउस निर्माण भइरहेको छ । अहिले विद्यालय ले सत्र लाख लगानीमा तेईस राेपनि उर्वर जग्गा किनेर व्यावसायिक तरकारी खेती गरिरहेको छ। विद्यालय भवन काे छतमा कौषि खेति गरि करेला ,काँक्रा ,सिमि वाेडि फलेका छन । विद्यालय भवनका काेठाहरुमा च्याउ खेती गरेर विद्यार्थीले अायअार्जन गरिरहेका छन ।विद्यालय काे करेसा वारिमा थाेपा सिचाइ वाट तरकारी खेती गरिएको छ । नगरपालिकाको कार्यालयले ले पाेलिहाउस किनि दियकाे छ ,अार्थिक सहयोग पनि गरेको छ ।अागामि वर्ष तीन वर्ष वालिविज्ञान नगरपालिका काे गरिमामय वृहत् याेजना काे रुपमा निति तथा कार्यक्रम मा पनि राखियकाे छ ।

“हामीले वालिविज्ञान सन्चालनकाे जनस्तरबाट नै अभियान चलायका छौ विगत तीन वर्ष देखि अठार महिनाकाे जे टि य काे पढाइ सन्चालन गरेका छौ , जसले गर्दा तीन वर्षे वालि विज्ञानकाे अाधार तयारीमा सजिलो हुनेछ तर अहिले भने हामिलाई अनुमति आइसकेको छैन तर आउने प्रक्रियामा छ र हामि लागि परिरहेका छौ ।” विद्यालयका प्रधानाध्यापक जय प्रसाद तिमिलसेना ले भन्नुभयो ।

अठार महिने कृषी जेटिए अन्तर्गत माध्यामिक शिक्षा उत्रिण परिक्षा एस ई ई मा जुनसुकै ग्रेड ल्याकोले पनि न्युन शुल्क मा भर्ना र अध्ययन हुन पाउने र तिनवर्षे कृषी वालिविज्ञान अन्तर्गत एस ई ई वा जेटिए उत्रिणले भर्ना हुन र अध्ययन गर्न सक्ने छन ।

” जनप्रतिनिधि हरु कृषि शिक्षाको अनुगमन गर्दै हुनहुन्छ ,अहिले स्थानीय जनताहरु व्यावसायिक खेती मा धेरै अाकर्सित भैरहेका छन ,अाफ्नै देशमा केही गर्नु पर्छ ,अर्काको देशमा जानू हुदैन र यहीँ केही गरौ भन्ने भावना जाग्दै छ । हामीले अबको ५ वर्षमा याे नगरपालिका काे ६०% कृषि याेग्य जग्गामा व्यावसायिक खेती गर्ने र परम्परागत खेती बाट मुक्त हुने याेजनामा छौ ।” तिमिलसेनाले दोहोर्याउनुभयो ।

परम्परागत कृषी पेसा अंगाल्नाले सोचेजस्तो उपलब्धी र आयआर्जन गर्न नसक्ने र वेरोजगारी समस्या समाधानमा यस्ता कार्यक्रमले सहयोग गर्ने र आगामि दिनमा विद्यालयलाई नमुना वनाउन गर्नुपर्ने सम्पुर्ण कर्तब्य र भुमिका पुरा गर्न तयार भएको पनि प्रधानाध्यापक तिमिलसेना ले वताउनुभयो ।

  • 7
    Shares