You are here
Home > समाचार > भक्तपुरमा टिपरले ठक्करदिंदा आमा छोरा सहित ३ को घटनास्थलमा नै मृत्यु

भक्तपुरमा टिपरले ठक्करदिंदा आमा छोरा सहित ३ को घटनास्थलमा नै मृत्यु

९ जेष्ठ २०७५, बुधबार १५:०३

भक्तपुर,

भक्तपुरको अरनिको राजर्मागको साँगा जगाती सडक खण्ड अन्र्तगत पलाँसेमा टिपरले स्कुटरलाई ठक्कर दिँदा घटनास्थलमै तीन जनाको मृत्यु भएको छ ।

काभ्रेबाट काठमाडौंतर्फ आइरहेको बा ३ ख ६६७४ नम्बरको टिपरले सोही दिशामा आइरहेको बा ५६ प १२२७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार तीन जनाको मृत्यु भएको महानगरीय प्रहरी वृत्त जगातीले जनाएको छ ।

मृत्यु हुनेमा भक्तपुर जिल्ला मध्यपुर थिमी नगरपालिका १ लोकन्थली बस्ने बर्ष ५० का हरिबहादुर कटुवाल, दोलखा मेलुङ्ग घर भई हाल मध्यपुर थिमी १ बस्ने बर्ष ४२ का सविता घिमिरे र सविताकै छोरा बर्ष १३ का अरबिन घिमिरेको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने टिपरका चालक फरार भएको र टिपर प्रहरी नियन्त्रणमा रहेको प्रहरी वृत्त जगातीले जनाएको छ । टिपरको अनियन्त्रित स्पिड तथा सवारीसाधनको बढी चापका कारण अरनिको राजमार्ग अन्तर्गत यस क्षेत्र दुर्घटनाग्रस्त क्षेत्र मानिन्छ / -रातोपाटीबाट

  • 17
    Shares