You are here
Home > प्रशासन > मिटरमा नचल्ने ट्याक्सी कास्की प्रहरी प्रमुखको टार्गेटमा, भटाभट कारबाही गरिदै !

मिटरमा नचल्ने ट्याक्सी कास्की प्रहरी प्रमुखको टार्गेटमा, भटाभट कारबाही गरिदै !

१० जेष्ठ २०७५, बिहीबार ०८:२६

पोखरा नगर क्षेत्रमा संचालित भाडाका ट्याक्सी मिटरमा जान नमाने पछि, एक पछि अर्को कार्वाहीमा पर्न थालेका छन् ।कास्की प्रहरीले ६७ वटा ट्याक्सीलाई एक हप्तामा कार्वाही गरेको छ । ट्याक्सीले सर्वसाधरण यात्रुसँग मिटरमा जान नमानी बार्गेनिङ गर्ने, सम्बन्धित स्थानमा जान नमान्नेहरुलाई नियन्त्रणमा लिई कारवाही गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

मिटरमा जान नमानेको २४ वटा भाडाका ट्याक्सीलाई जिल्ला प्रहरी कार्यालय कास्की र मातहत ईकाईबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

ट्याक्सीलाई थप कार्वाहीका लागि यातायात कार्यालय पठाएको जनाएको छ । कास्कीमा नयाँ एसपि ओमबहादुर राना आएपछि ६७ वटा ट्याक्सी कारवाहीमा परेका छन् ।

  • 30
    Shares