You are here
Home > अर्थ/बजार > सम्झौता पछि खुल्यो पोखरा नुडल्स,गुम्यो मजदुरको रोजीरोटी

सम्झौता पछि खुल्यो पोखरा नुडल्स,गुम्यो मजदुरको रोजीरोटी

११ जेष्ठ २०७५, शुक्रबार ११:१०

पोखरा,गत सोमवार देखि मजदुर आन्दोलनका कारण बन्द रहेको पोखरा नुडल्स विहिवारदेखि पुर्ण रुपमा सञ्चालनमा आएको छ । यद्योगमा कार्यरत मजदुर सञ्जीव अधिकारीलाई सरुवा गरेको र सरुवा गरेको ठाउँमा काम गर्न जान नमानेपछि अद्योग ब्वस्थापनले स्पष्टीकरण सोधेपछि आक्रोसित मजदुर संगठीत भै सोमवार विहान देखि उद्योगका सम्पुर्ण ल्पान्टहरु बन्द गराएका थिए ।
बुधवार राति अवेर सम्म चलेको बार्ताबाट मजदुर र ब्यवस्थापनविच भएको समझदारी पश्चात उद्योग सञ्चालनमा आएको हो । सम्झौता अनुसार कम्पनी बन्द गराउन कुनै पनि आधिकारिक ट्रेड युनियन संलग्न नरहेको र जिम्मा नलिएको अवस्थामा उत्पादन रोकिएको दिनको तलव पनि ब्यवस्थापनले मजदुरलाई दिने गरि सम्झौता भएको छ । सम्झौता भए पनि पक्राउ परेका ६ जना मजदुरको निलम्वन भने कायम रहेको छ । ति निलम्वीत कर्मचारीलाई भने ब्यवस्थापनले अवकाश दिने तयारी गरेको कारण उनिहरुको निलम्वन फुकुवा नभएको कार्यकारी निर्देशक बाबुराम पन्तले सञ्चार माध्यमलाई जानकारी दिएको छ ।

  • 2
    Shares