You are here
Home > राजनीति > तिमि मालिक बन्यौ हेर्दा हेदै ,म रैतीमा फेरिए हेर्दा हेर्दै

तिमि मालिक बन्यौ हेर्दा हेदै ,म रैतीमा फेरिए हेर्दा हेर्दै

१३ जेष्ठ २०७५, आईतवार २१:२४

कम्रेड तिम्रो उचाई
हिजो सम्म हामिसबैलाई
ओजस्बी उचाइ लाग्थ्यो
तिम्रो मेरो र हामि सबैको

त्यो उचाई उचाई बन्न
हजरौले जिबन दिए
हजारौले पति गुमाए
हजारौं ले काख रित्याए

हजारौले आफ्ना सपना
रहर पसिना र आसु बगाए
ह्जारौले बगाएको रक्तकुण्डको
मध्ये भागमा पेरिस टावर झै
ठिङ ठडियो तिम्रो उचाई

जब तिम्रो उचाइ ठाडियो
अनि गन्ती हुनथाल्यो
मेरो गहिराइको
मेरो होचोपनाको

जति जति बढदै गयो
तिम्रो उचाइ माथी माथि
उतिनै बढदै गयो हाम्रो दुरि
तिमि पुगेको उचाइबाट

तिमि पुगेको उचाइबाट
नालायक देखिन सक्छन
हिजोका सहयोद्दाहरु
अयोग्य हुनेछ्न सपनाहरु

तिम्रो उचाइ यति आग्लियो कि
तिमिलाइ देख्न भेट्न छुन
तिम्रा सहयोद्दाहरुले अब
ठुलो भर्याङ बिना असम्भ भयो

हिजोका सामुहिक भनिएका
पार्टी बिचार सिधाान्त सबैलाइ
तिम्रो उचाइले निजीकरण गरिदियो
अनि फेरियो कम्रेडली सम्बन्ध
तिमि मालिक बन्यौ हेर्दा हेदै
म रैतीमा फेरिए  हेर्दा हेर्दै

साहित्यकार : डिपी ढकाल पुर्व माकेका भक्तपुर संयाेजक हुन ।

  • 2
    Shares