You are here
Home > राजनीति > कैद मिनाह सहित जेल छुट्दै बाल कृष्ण ढुंगेल

कैद मिनाह सहित जेल छुट्दै बाल कृष्ण ढुंगेल

१४ जेष्ठ २०७५, सोमबार १२:१२

काठमान्डौ,कर्तव्यज्यान मुद्दा लागेर सजाय भोगिरहेका तत्कालीन माओवादी नेता बालकृष्ण ढुंगेललार्इ माफी दिने निर्णय पारित भएको छ । ‘ढुंगेलले ४० प्रतिशत कैद भुक्तान गरिसकेको एवं जेलमा असल चालचलन देखाएको’ निष्कर्षसहितकाे गृहमन्त्रालयकाे सिफारिसलार्इ अाइतबार राति बसेकाे मन्त्रिपरिषद् बैठकले पारित गरेकाे हाे ।

माफी दिने या नदिने भन्ने बारे सर्वाेच्च अदालतमा विचाराधीन उक्त मुद्दाबारे मन्त्रिपिरषदले निर्णय गरेकाे हाे । अब ढुंगेलले बाँकी कैद मिनाहा पाउने निश्चित भएको छ । ढुंगेलसहित ८४० कैदीको बाँकी सजाय मिनाहा गर्ने निर्णय मन्त्रिपरिषदले गरेकाे हाे । विवादित ढुंगेलकाे कैद मिनाहाबारे महान्यायाधिवक्ताको कार्यालयसँग राय माग गर्दा ‘कारागार नियमावलीअनुसार ४० प्रतिशत कैद भुक्तान भइसकेको अवस्थामा छोड्न मिल्ने’ भनेपछि गृहले उक्त सिफारिस गरेकाे स्राेतकाे भनाइ छ । मन्त्रिपरिषद निर्णयको फाइल राष्ट्रपति विद्यादेवी भण्डारीले हस्ताक्षर गरेपछि कार्यान्वयनमा अाउनेछ । गणतन्त्र दिवसकाे अवसर पारी उनीहरूलार्इ माफी दिइन लागेकाे हाे ।

  • 72
    Shares