You are here
Home > राजनीति > ‘बाचुन्जेलसम्म गणतन्त्रको रक्षा गर्नेछु’-बालकृष्ण ढुंगेल

‘बाचुन्जेलसम्म गणतन्त्रको रक्षा गर्नेछु’-बालकृष्ण ढुंगेल

१५ जेष्ठ २०७५, मंगलवार १०:४७

मिलन लामा,काठमाडौं,नेकपाका नेता बालकृष्ण ढुगेंलले बाचुन्जेलसम्म गणतन्त्रको रक्षा गर्ने बताएका छन् ।जेलबाट रिहाइ भएसपछि उनले पहिलो प्रतिक्रीया यस्तो दिएका हुन् ।
सरकारले कैद मिनाहका लागि गरेको सिफारिस राष्ट्रपतिले स्वीकृत गरेपछि ढुंगेल मंगलबार बिहान छुटेका छन् । ढुंगेललाई स्वागत गर्न मंगलबार बिहानै उनका समर्थक डिल्लीबजार कारागार पुगेका थिए ।ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोग लागेका ढुंगेले द्वन्द्वकालमै ७ वर्ष जेल परेका थिए ।
शान्ति प्रक्रियापछि सर्वोच्च अदालतले ढुंगेललाई सर्वस्वसहित जन्मकैदको सजाय तोकेको थियो ।तर ढुंगेल अदालतको फैसलासँगै फरार थिए
चौतर्फी आलोचनाका बीच उनी गत कात्तिक १४ गते ललितपुरबाट पक्राउ परे । जेल परेको झण्डै ६ महिनापछि उनलाई जेल मुक्त भएको छ । सरकारले आज  जेष्ठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर बाँकी  कैद मिनाहा गरेका ८४० जना कैदी संगै ढुंगेल पनि छुटेका छन् /

  • 103
    Shares