You are here
Home > समाचार > म्याच फिक्सिङमा मुछिएका फुटबलर अञ्जन आईपीएलको बाजी लगाउँदा पक्राउ !

म्याच फिक्सिङमा मुछिएका फुटबलर अञ्जन आईपीएलको बाजी लगाउँदा पक्राउ !

१५ जेष्ठ २०७५, मंगलवार ११:४६

इन्डियन प्रिमियर लिग (आईपीएल) बेटिङमा संलग्न भएको आरोपमा प्रहरीले पूर्व राष्ट्रिय फुटबल खेलाडी अञ्जन केसीसहित ६ जनालाई पक्राउ गरेको छ ।

काठमाडौं प्रहरी परिसरबाट खटिएको टोलीले मंगलबार बिहान गौरव तिवारी, दिनेश बोगटी, नरेन्द्र सुवाल, विजय श्रेष्ठलगायतलाई पक्राउ गरेको हो ।

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले बेटिङमा संलग्न भएको आरोपमा अञ्जनसहित ६ पक्राउ परेको पुष्टि गरे ।  उनीहरुलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने प्रहरीको तयारी छ ।

यसअघि म्याच फिक्सिङको आरोपमा केसीसहित ५ जना २०७२ कात्तिकमा पक्राउ परेका थिए । सबै जना धरौटीमा छुटेपनि मुद्दा टुंगिएको छैन । केसीविरुद्ध विशेष अदालतमा नेपाली फुटबलको म्याच फिक्सिङ मुद्दा विचाराधीन छ ।

पक्राउ परेकाहरूको साथबाट जुवा खेलाउन प्रयोग भएको मोबाइल, ल्यापटप र नगद बरामद भएकाे छ । उनीहरूमाथि जुवा एेन र ठगी अन्तरगत मुद्दा चल्ने प्रहरीले जनाएको छ ।

उनीहरुले अन्तर्राष्ट्रिय गिरोहको सहयोगमा करोडौंको बाजी लगाएको प्रहरीको भनाइ छ ।

  • 5
    Shares