You are here
Home > समाचार > नेपाल ट्यालेन्ट हन्टको चितवन अडिसनको तयारी तिव्र !

नेपाल ट्यालेन्ट हन्टको चितवन अडिसनको तयारी तिव्र !

१६ जेष्ठ २०७५, बुधबार १०:५०

नेपाली प्रतिभाहरुलाई उजागार गर्ने उद्धेश्यले शुरुवात भएको नेपाल ट्यालेन्ट हन्टको चितवन अडिसन यहि जेठ १८ र १९ गते भरतपुरमा हुने भएको छ ।

भरतपुरको हाकिमचोकमा रहेको स्टार बेंक्युईटमा हुने अडिसनको लागि तयारी तिव्र रुपमा अधि वढ्ेको आरम्भ प्रोडक्सनका प्रवन्ध निर्देशक तेन्जीङ वाङचुक शोर्पाले जानकारी दिनु भएको हो ।

गायन, नृत्य र अन्य फरक क्षमता गरि ३ वटा विधामा २५ लाखका दरले पुरस्कार धोषणा भईसकेको ट्यालेन्ट हन्टमा चितवनबाट १ सय ५० जना सम्म प्रतिस्पर्धा छनोट हुने आयोजक संस्थाले जानकारी दिएको हो ।

चितवन, नवलपरासी, गोरखा मकवानपुर लगायत देशका जुन सुकै जिल्लाबाट समेत सहभागिता जनाउन सक्ने अडिसनको लागि फर्म निशुल्क उपलब्ध रहेको शेर्पाले बताउनु भयो । देशको मुख्य १० शहरमा हुने ट्यालेन्ट हन्टलाई निष्पक्ष बनाउनको लागि निर्णायकहरु समेत सवै स्थानका फरक फरक रहने बताईएको छ ।

कुल १ हजार २ सय प्रतिभालाई काठमाडौमा हुने मेधा अडिसनमा लैजाने र जसबाट १ सय जना प्रतिस्पर्धाबाट ३६ जना छनोट गरि त्यसबाट प्रत्येक हप्ता २ एपिसोडका दरले १८ हप्तामा ३ वटै विधाको विजेता छनोट हुने प्रवन्धक शेर्पाले बताउनु भएको हो ।

अन्य थप जानकारीकालागि: www.nepaltalenthunt.com र 9808717156 नम्बर मा सम्पर्क गर्नु होला ।

 

 

  • 1
    Share