You are here
Home > Front News > त्यहा मेरो मायाको तस्बिर हासिरहेको छ !

त्यहा मेरो मायाको तस्बिर हासिरहेको छ !

१७ जेष्ठ २०७५, बिहीबार ०८:१३

सृजना शर्मा

अब त त्यो दिन फर्कन्न होला
घन्टौं सम्म उसैसंग गफ गर्दै
आफ्ना दुख सुख बाडिन्थ्यो
एक्कैछिन टाढा हुदा पनि
उसैको म्यासेजले इनबक्स भरिन्थ्यो
एउटै बाटो हिडिन्थ्यो
मीठो मसिनो संगै खाइन्थ्यो
अझ संगै बाच्ने र मर्ने कसमले देउराली मुस्कुराउथ्यो
अब त न तिम्रो म्यासेज देखिन्छ
न त हिडेको बाटो
न त फोनले कुनै घन्टी नै दिन्छ
न त हुलाकी दाइले तिम्रो नामको चिठी नै फेला पारे
न त इमो इमेल मा कुनै शन्देश नै आए
न त सम्झनाका कुनै बाडुल्किहरुले झिल्का दिए
त्यसैले लागेको छ अब तिमी दुर भएका छौ
प्रिय मान्छे हिजो तिमी नै थियौ
मलाई प्रेमको एउटा छुट्टै आभास दिलाउने
रुदा हसाउने
मेरो संसारको खुसी तिम्रो खुसी भन्दै फुर्क्याउने
तर खोइ तिम्ले देखाएका सपना
संगै खाएका कसम
कुन नदिमा सेलाएर हानियौ अनकन्टार ठाउँमा
तिम्ले बिर्से पनि
मैले यो हृदयमा सधै सजाइरहने छु तिम्रो चित्र
र गरिरहने छु प्रेम
अन्तिम श्वास फेर्दा सम्म
रहिरहने छ तिम्रो नाम
यो दिलको भित्तामा
शिलामा कोरिएको अभिलेख जस्तै ताजा ताजा
र चितामा जल्दा भन्नेछु
नजलाउनु मेरो मुटु
त्यहा मेरो मायाको तस्बिर हासिरहेको छ ।

  • 1
    Share