You are here
Home > समाचार > बालबालिकाको शिक्षामा सहयोगी किवानिज

बालबालिकाको शिक्षामा सहयोगी किवानिज

१७ जेष्ठ २०७५, बिहीबार १७:१०

सिन्धुपाल्चोक,किवानीज् ल्कब अफ सिन्धुपाल्चोक नेपालको आफ्नो नियमीत कार्यक्रम अन्तर्गत हिजो जेष्ट १६ गते  सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गाउँपालिका वडा नं.१,लिस्ती स्थीत श्री उग्रचण्डी माध्यमिक विद्यालयका कक्षा १ देखि कक्षा १० सम्मका १७०जना विद्यार्थीहरुको लागि आवश्यक शैक्षिक सामाग्रीहरु वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

ल्कवको अध्यक्ष नारायण बहादुर राउतका अनुसार “उदेश्य अनुरुप नियमीत कार्यक्रम अन्तर्गत उक्त कार्यक्रमको आयोजना गरेको र आगामि दिनमा पनि यस्ता कार्यक्रमहरु नियमीत नै हुने र कोही कसै पनि शैक्षिक सामाग्रीको अभावको कारणले शिक्षाबाट बन्चीत हुन नपरोस भन्नको खातिर हामीले यस संस्थाको जन्म गराएका हौ’kidsneedkiwanis” भन्ने मुल नाराका साथ बालशिक्षामा सहयोगी बन्ने उदेश्यका साथ खुलेको उक्त संस्थामा प्राय सवै सदस्यहरु सिन्धुपाल्चो स्थायी घर भै हाल काठमाण्डौंमा ब्यवसाय गरि बस्ने ब्यवसायीहरु नै रहेको छ ।

उक्त कार्यक्रमका प्रमुख अतिथी भोटेकोशी गाउँपालिका वडा नं.१का वडा अध्यक्ष मुके शेर्पा,विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष टेक बहादुर शेर्पा तथा उक्त विद्यालयका प्रधानध्यापक कृष्ण प्रसाद तिमल्सीनाले ल्कबको पदाधिकारी लगाएत सम्पुर्ण सहयोगी टिमलाई धन्यवाद दिनु भयो ।

  • 60
    Shares