You are here
Home > समाचार > कम्युनिस्ट तानाशाही बन्ने कुरा निराधार : प्रचण्ड

कम्युनिस्ट तानाशाही बन्ने कुरा निराधार : प्रचण्ड

२१ जेष्ठ २०७५, सोमबार ११:०६

पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले अहिलेको सरकार तानाशाही बन्ने सम्भव नभएको स्पष्ट पारे । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा कम्युनिस्टहरुकै मुख्य भूमिका रहेकाले प्रतिपक्षीले आरोप लगाएजस्तो तानाशाही बन्ने कुरा निराधार रहेको उनको भनाइ थियो ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले भने, ‘नेपालमा लोकतान्त्रिक क्रान्तिको या गणतान्त्रिक आन्दोलनको नेतृत्व र सबभन्दा बढी बलिदान कम्युनिस्टहरुले नै गरेर यहाँ लोकतन्त्र र गणतन्त्र आयो । त्यसकारण कम्युनिस्टहरु अटोक्रेसीतिर जान्छन् कि भन्ने कुरा बिल्कुल निराधार र नेपालको ऐतिहासिक यथार्थसँग मेलै नखाने कुरा हो ।’

उनले कम्यनिस्टहरुले मात्रै लोकतन्त्र र गणतन्त्रलाई सुदृढ गर्न सक्ने बताए ।

  • 8
    Shares