You are here
Home > समाचार > ग्वाटेमालामा ज्वालामुखी विस्फोट : कम्तिमा २५ जनाको मृत्यु, सयभन्दा बढी घाइते !

ग्वाटेमालामा ज्वालामुखी विस्फोट : कम्तिमा २५ जनाको मृत्यु, सयभन्दा बढी घाइते !

२१ जेष्ठ २०७५, सोमबार १२:०६

ग्वाटेमाला । ग्वाटेमालाको फुएगो ज्वालामुखी विस्फोट हुँदा कम्तिमा २५ जनाको मृत्यु भएको छ भने सय जनाभन्दा बढी घाइते भएका छन् ।

राजधानी ग्वाटेमाला सिटीभन्दा ४० किलोमिटर दक्षिण–पश्चिममा रहेको ज्वालामुखीले लाभासहित ढुंगा, कालो धुवा र खरानी फालिरहेको छ ।

नेसनल डिजास्टर म्यानेजमेन्ट एजेन्सी (कोनरेड) का अनुसार ज्वालामुखीबाट निस्किएको लाभाको नदी एल रोडियो नामक गाउँमा पसेको थियो जहाँ घरभित्र रहेका मानिसहरु जलेका थिए ।

ग्वाटेमाला सिटीमा ला अउरोरा विमानस्थल खरानीका कारण बन्द गरिएको छ ।

राष्ट्रपति जिमी मोरालेसले उद्दार कार्य जारी रहेको बताएका छन् ।

सन् १९७४ पछिको यो सबैभन्दा ठूलो ज्वालामुखी विस्फोट हो ।

कोनरेडका प्रमुख सर्जियो काबानासले आफ्नो धार बदल्दै एल रोडेयो गाउँमा बसेको थियो ।

‘ओभरफ्लो भएर लाभाको ठूलो धार एल रोडेयो गाउँमा पसेको छ । त्यहाँ घाइते, जलेका र मृतकहरु रहेका छन्,’ उनले भने ।

‘लाभाको कारण हामी अझै ला लिबेरटाड गाउँमा पुग्न सकिरहेका छैनौँ । त्यहाँ पनि हताहती हुन सक्ने सम्भावना रहेको छ,’ उनले भने ।

मृत्यु भएकामा धेरै बालिबालिकाहरु रहेका छन् ।

ज्वालामुखी विस्फोटबाट १७ लाख मानिसहरु प्रभावित भएको सरकारले जनाएको छ ।

  • 10
    Shares