You are here
Home > समाचार > सुन तस्करी प्रकरणः गोरेका सहयोगी राम तिवारी समातिए !

सुन तस्करी प्रकरणः गोरेका सहयोगी राम तिवारी समातिए !

२३ जेष्ठ २०७५, बुधबार ०७:५५

काठमाडौं । साढे ३३ केजी सुन गायब प्रकरण र उर्लाबारीका सनम शाक्यको हत्यामा मुख्य अभियुक्त बनाइएका चुडामणि उप्रेती उर्फ गोरेका सहयोगी राम तिवारी पक्राउ परेका छन् ।

दक्षिण कोरियाबाट फर्किएका उनलाई प्रकरणको अनुसन्धान गर्न गठित छानबिन समितिले पक्राउ गरेको हो । समितिका एक अधिकारीले तिवारी मंगलबार पक्राउ परेको पुष्टि गरे ।

यसअघि सार्वजनिक भएको अपराध महाशाखाका तत्कालिन डिएसपी प्रजित केसी र गोरेबीचको संवादमा तिवारीलाई भेट्न गोरेले आग्रह गरेका थिए । उनी आफ्नो सहयोगी भएको सङ्केत गोरेले गरेका थिए ।

‘त्योसँगसँगै अन्य सबुत, प्रमाणहरुको आधारमा उनलाई पक्राउ गरिएको हो’, समितिका ती अधिकारीले भने ।

  • 8
    Shares