You are here
Home > समाचार > प्रश्नहरुसंग प्रश्न !

प्रश्नहरुसंग प्रश्न !

२३ जेष्ठ २०७५, बुधबार ११:०६

प्रश्नहरु संग प्रश्न गर

फेरीपनि प्रश्न संगै प्रश्न गर

उत्तरहरु संग प्रश्न गर

जिवन भर प्रश्न नै प्रश्न गर

 

फरक हुन्छ एउटै आँखा

शाशक बनेर फेरी परेला खुलेको बेला

फरक पर्छ देखिने उही दृश्य

सत्ता-आसिन भएर फेरी हेरेको बेला आँखाहरु संग प्रश्न गर

दृश्यहरु सङग प्रश्न गर

हरेक पल प्रश्नै प्रश्न गर

 

इतिहास संग चित्त नबुझाइ

बर्तमान संग प्रश्न गर

भिड संग हो-हल्ला नगरी

आफ्नै मौलिक प्रश्न गर

 

एउटै कर्मले प्रफुल्लित लोकप्रीयहरु

लोकप्रियता कै अभेध्य आबरण ओडेर

हिड्न सक्छन

मानव सेवामा समर्पित जिवनहरु

बिश्वाश का ढाल पछाडी तरबार

लिएर डुल्न सक्छन

त्यो लोकप्रीय शासक संग प्रश्न गर

गृहस्थी त्याग गरेको एक साधु संग प्रश्न गर

 

प्रीयजन,

 

तिमिलाइ तिमि भएर बाच्नु छ भने

प्रश्न संग प्रश्न गर

आफैंसंग प्रश्न गर

प्रश्नै प्रश्न को उत्तरहरुसंग प्रश्न गर

र निरन्तर गन्तब्यको यात्रा गर ।

 

सरल सहयात्री
लेखक
  • 226
    Shares