You are here
Home > समाचार > १६ जिल्ला न्यायाधीशले लिए पद तथा गोपिनयताको सपथ !

१६ जिल्ला न्यायाधीशले लिए पद तथा गोपिनयताको सपथ !

२३ जेष्ठ २०७५, बुधबार २२:३७

काठमाडौं– नवनियुक्त १६ जना जिल्ला न्यायाधीशहरुले बुधबार पद तथा गोपनियताको सपथ लिएका छन् । मंगलबार १६ जना जिल्ला न्यायाधिशहरुले बुधबार सर्वोच्च अदालतमा एक समारोहका बीच पद तथा गोपनियताको सपथ लिएका हुन् । कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले जिल्ला न्यायाधीशहरुको नियुक्ति गरेका थिए ।

पाटन उच्च अदालतका मुख्य न्यायाधिश प्रकाशकुमार ढुंगानाले न्यायाधीशहरुलाई सपथ गराएका थिए । संविधानको धारा १४९ को उपधारा २ मा व्यवस्था भएबमोजिम परीक्षा प्रणालीबाट नियुक्त गरिएका जिल्ला न्यायाधीशहरुलाई कायममुकायम प्रधानन्यायाधिश जोशीको उपस्थितिमा पाटन उच्च अदालतका मुख्य न्यायाधीश ढुंगानाले सपथ खुवाउनु भएको सर्वोच्च अदालतका सहायक प्रवक्ता नगेन्द्रकुमार कालाखेतीले जानकारी दिए ।

परीक्षा प्रणालीबाट उतीर्ण भई जिल्ला न्यायाधीश बन्नेहरुमा कुलप्रसाद पाण्डे, नन्दकिशोर प्रसाद यादव, कमल पौडेल, सुमनकुमार न्यौपाने, प्रमेश पोखरेल, इश्वरीप्रसाद भण्डारी, रामप्रसाद बस्याल, तेजबहादुर खड्का, सन्तोषप्रसाद पराजुली, केदारनाथ पौडेल रहनु भएको छ । त्यसैगरी आत्मदेव जोशी, मनोज श्रेष्ठ, हरिकृष्ण श्रेष्ठ, दिलिपराज पन्त, विश्वनाथ भट्टराई र रोमनाथ अधिकारी पनि जिल्ला न्यायाधिशमा नियुक्त भएका छन् ।

परीक्षा प्रणालीबाट उतीर्ण गरेकाहरुलाई न्याय परिषदको सिफारिसमा प्रधानन्यायाधिशले जिल्ला न्यायाधिशहरुलाई नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । सपथग्रहण समारोहमा कायममुकायम प्रधानन्यााधिश जोशी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङलगायतको उपस्थिति रहेको थियो ।

  • 8
    Shares