You are here
Home > समाचार > जनकपुरबाट नेपालगञ्ज जाँदै गरेको बस दाङमा दुर्घटना, पाँच वर्षिय बालकको मृत्यु, ३१ जना घाइते !

जनकपुरबाट नेपालगञ्ज जाँदै गरेको बस दाङमा दुर्घटना, पाँच वर्षिय बालकको मृत्यु, ३१ जना घाइते !

२५ जेष्ठ २०७५, शुक्रबार १०:१३

जनकपुरबाट नेपालगञ्जका लागि छुटेको ना ५ ख १८२९ नम्बरको यात्रुबाहक वस शुक्रवार विहान साढे ६ बजेको समयमा राप्ती गाउँपालिका वडा नम्बर ५ पहरुवा स्थित लठ्ठहवा कुलोमा खस्दा दुर्घटना भएका हो । दुर्घटनामा परी भारत उत्तर प्रदेश लक्षीमपुरका ५ वर्षिय नुरवी नाइको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।

बसमा सवार ४०–४५ जना यात्रु मध्ये ३१ जना घाइते भएका छन् । घाइते मध्ये ३० जना गम्भीर घाइतेको कोहलपुरमा र अन्यको लमही अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ । चालक र सहचालकको भने पहिचान हुन सकेको छैन । बस चालक निदाउँदा सो दुर्घटना भएको बताइएको छ ।

  • 52
    Shares