You are here
Home > समाचार > प्रधानमन्त्री ओली चीन प्रस्थान

प्रधानमन्त्री ओली चीन प्रस्थान

५ असार २०७५, मंगलवार १२:०९

प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणकाे लागि मंगलबार बेइजिङ प्रस्थान गरेका छन्। प्रधानमन्त्रीकाे हैसियतमा याे उनकाे दाेस्राे चीन भ्रमण हाे। पहिलो पटक २०१६ मा प्रधानमंत्रीको रुपमा चीन भ्रमण गरेका थिए /

चिनियाँ समकक्षी ली खछ्याङको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली १ सय १९ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन प्रस्थान गरेका हुन्।चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सि चीनपिङ, प्रधानमन्त्री ली खछ्याङ लगायत उच्च पदस्थ सरकारी अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। मंगलबार प्रधानमन्त्री ओलीको टोली नेपाल–चीन साझेदारीमा सञ्चालित हिमालय एयरलाइन्सको विमान चार्टर्ड गरी बिहान ९ बजे काठमाडौंबाट उडेर चिनियाँ समय अनुसार साँझ सवा ५ बजे चीनको राजधानी बेइजिङ उत्रिनेछ।

  • 9
    Shares