You are here
Home > समाचार > पुर्व मन्त्रीका हैसिएतामा डाक्टर देवकोटालाई सम्मान,अन्त्येष्टिमा सशस्त्र प्रहरीको टुकडीले आर्यघाटमा सलामी दिने .

पुर्व मन्त्रीका हैसिएतामा डाक्टर देवकोटालाई सम्मान,अन्त्येष्टिमा सशस्त्र प्रहरीको टुकडीले आर्यघाटमा सलामी दिने .

५ असार २०७५, मंगलवार १२:४०

सोमबार निधन भएका वरिष्ठ न्यूरो सर्जन तथा पूर्व स्वास्थ्यमन्त्री डाक्टर उपेन्द्र देवकोटाको अन्त्येष्टिमा सशस्त्र प्रहरीको टुकडीले आर्यघाटमा सलामी दिने भएको छ।

पूर्व विशिष्ठ व्यक्तिहरुको अन्त्येष्टिमा प्रदान गरिने सम्मान निर्देशिकाअनुसार पूर्व मन्त्रीका हैसियतमा डाक्टर देवकोटालाई सम्मान दिन लागिएको हो।

गृह प्रवक्ता सहसचिव रामकृष्ण सुवेदी जानकारी दिए अनुसार देवकोटाको अन्त्येष्टिमा सशस्त्र प्रहरीको टुकडीले सलामी दिनेछ। उनले देवकोटालाई निर्देशिकामा रहेको व्यवस्थाअनुसार सम्मान दिन लागिएको बताए। ‘थप केही निर्णय भएको होइन, पूर्व मन्त्रीका हैसियतमा ससम्मान उहाँको अन्त्येष्टिको व्यवस्था राज्यले गर्नेछ,’ सुवेदीले भने