You are here
Home > समाचार > लाजिम्पाटमा भयानक दुर्घटना,भाग्यवस मोटरसाइकल चालक सामान्य घाइते.

लाजिम्पाटमा भयानक दुर्घटना,भाग्यवस मोटरसाइकल चालक सामान्य घाइते.

५ असार २०७५, मंगलवार १७:१७

काठमाण्डौ , काठमाडौंको लाजिम्पाटमा युनिसेफको गाडीले मोटरसाइकललाई ठक्कर दिदा एक युवक घाइते भएका छन् । ठक्करबाट घाईते ती युवकको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।लाजिम्पाटस्थित ट्राफिक प्रहरीका अनुसार घाइते युवकको अवस्था सामान्य रहेको छ । गाडीको ठक्करबाट घाइते हुनेमा चण्डोल बस्ने १८ वर्षीय ट्रपिस नेपाल रहेका छन् ।

 

प्रहरीका अनुसार युनिसेफको सो गाडी चालक नेदरल्याण्डका नागरिक रहेका छन् । दुर्घटनाबाट मोटरसाइकलको अगाडि पट्टीको भाग टुक्राटुक्रा भएको छ ।

  • 7
    Shares