You are here
Home > समाचार > रामेछापमा करेन्ट लागेर एक जना बृद्धको मृत्यु

रामेछापमा करेन्ट लागेर एक जना बृद्धको मृत्यु

८ असार २०७५, शुक्रबार ११:३९

रामेछाप । जिल्लाको सुनापती गाउँपालिकामा करेन्ट लागेर एकजना वृद्धको ज्यान गएको छ । सुनापति गाउँपालिका–१ का गुन्सी ढोडेनीमा भुँइमा लत्रिएको बिजुलीको तारमा करेन्ट लागेर दोरम्बा गाउँपालिका–५, गुराँसेका ७० वर्षीय पासाङ तामाङको ज्यान गएको हो ।

डोको बेच्न हिँडेका तामाङको किसान जागरण समूह गुन्सीले उत्पादन गरेको विद्युतको लत्रिएको तारबाट करेन्ट लागेर मृत्यु भएको छ / यसको सम्पूर्ण जिम्मा किसान जागरण समूह  र त्यसमा काम गर्ने कर्मचारीले लिनु पर्छ । किसान जागरण समुह र किसान जागरण समुहको कर्मचारीको लापरबाहीले गर्दा आज सर्वसाधारणको अकालमा ज्यान गुमाउनु परेको छ भन्दै स्थानीय बिरोध प्रदर्शन गरेका छन्  /

  • 15
    Shares