You are here
Home > समाचार > विषाक्त मदिराबाट मृत्यु हुनेको संख्या ६ पुग्यो !

विषाक्त मदिराबाट मृत्यु हुनेको संख्या ६ पुग्यो !

१४ असार २०७५, बिहीबार २१:०६

धनुषाको कमला नगरपालिकामा घरेलु मदिरा सेवनबाट थप दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले कमला नगरपालिका ५ का राजवीर महतो र गंगा पासवानको मृत्यु भएको पुष्टि गरेको हो ।

थप दुई जनाको मृत्युसंगै उक्त घटनामा मृतकको संख्या ६ पुगेको छ ।

प्रहरी उपरीक्षक गोविन्द थपलियाले मृत्युको कारणबारे अनुसन्धान भइरहेको जानकारी दिए । त्यस्तै आजको प्रदेश सभा बैठकमा प्रदेश नम्बर २ लाई मदिरामुक्त बनाउनुपर्ने प्रदेश संसदहरुले आवाज उठाएका छन् ।