You are here
Home > Front News > प्रदेश ५ को वजेट पारित – कांग्रेस अझै असन्तुष्ट !

प्रदेश ५ को वजेट पारित – कांग्रेस अझै असन्तुष्ट !

१४ असार २०७५, बिहीबार २१:१६

वजेट विनियोजन सन्तुलित र समावेशी नभएको भन्दै असन्तुष्ट प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको माग अनुसार मुख्यमन्त्रीसहित मन्त्रीहरुले प्रदेश सभा वैठकमा जवाफ दिएपछि प्रदेश नम्वर ५ को प्रदेश विनियोजन विधेयक पारित भएको छ ।

वजेट सन्तुलित,समानुपातिक र समावेशी नभएको भन्दै असन्तुष्ट रहेको नेपाली कांग्रेसले प्रदेशसभामा नेपाली कांग्रेसले पहिलोपटक विधेयकको विपक्षमा हात उठाएर असहमति जनाएको छ ।

यसअघि प्रदेश सभामा निर्णयार्थ पेश भएका विधेयकहरु पारित गर्ने क्रममा कांग्रेस सांसदहरु हुन्छ र हुन्न भन्ने दुवै विषयमा मौन रहदै आएका थिए ।

प्रदेश सभामा विनियोजन विधेयकमाथिको छलफलमा सहभागि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिदै मुख्यमन्त्री शंकर पोखरेलले वजेट प्रसंसायोग्य रहेको भन्दै सर्वसहमतिले पारित गर्न आग्रह गरेका थिए ।

वजेटको विरोध गर्दै बुधबारको संसद वैठक वहिस्कार गरेको कांग्रेस सरकारको तर्फबाट प्रमुख प्रतिपक्षी दलले उठाएका मागहरु मुख्यमन्त्रीले जवाफ दिने क्रममा सम्बोधन गर्ने आश्वासन पाएपछि बिहीबारको संसद वैठकमा सहभागी भएको हो । तर, मुख्यमन्त्रीको सम्बोधनपछि पनि कांग्रेस सन्तुष्ट भने भएको छैन ।

 

  • 1
    Share